म्यानमारको कचिनमा पहिरो जाँदा ११६ जनाको मृत्यु

म्यानमारको कचिन राज्यमा एक जेड नामक हरियो रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११६ जनाको मृत्यु भएको अनि कैयौं मानिस फसेको अधिकारीहरूले बताएका छन् । 

बिहीवार बिहान हपाकान्तमा मुसलधारे वर्षापछि पहिरो गएको हो । 


Advertisement

म्यानमारको सूचना मन्त्रालयले ११६ वटा शव बरामद भएको जनाएको छ । स्थानीय सांसद खिन माउङ मीन्टले ५४ जना घाइते भएको बताए । मृत्यु संख्या बढ्ने अपेक्षा गरिएको उनले चेतावनी दिएका छन् । 
 

मुसलधारे वर्षा जारी रहेका उद्धारकार्य हुन सकेको छैन । 


Advertisement

जेड उत्खनन गर्नेहरूलाई हिलोले पुरेको थियो,’ देशको उद्धारक संस्थाले फेसबूक पोस्टमा लेख्यो । 

म्यानमारको रत्न खानीहरूमा पहिरो तथा अन्य घातक दुर्घटनाहरू भइरहेका हुन्छन् । दुर्गम घना जंगलहरूमा रहेका जेड खानीहरूमा नियमन गरिएको हुँदैन । जेड खोज्नेहरू प्रायः जोखिमयुक्त परिस्थितिमा श्रम गर्न बाध्य हुन्छन् ।
 

सीएनएनबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्