×

NMB BANK
NIC ASIA

ओली प्रचण्डलाई विवाद सुुल्झाउने जिम्मा

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो ।

Muktinath Bank

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा पु¥याएपछि मात्र अर्को बैठक बस्ने जानकारी दिए । छलफलमा अन्य सचिवालयका सदस्यले समेत सहभागी हुनसक्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ । सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू केशव बडाल र अमृत बोहराले मात्र आफ्नो धारणा राखे।


Advertisment
Nabil box
Kumari

असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दिनु भएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि परेको निवेदनकै विषयमा बडाल र बोहराले धारणा राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि स्थायी कमिटीमा रहेका मन्त्रीहरू त्यसमा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको थियो ।

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषद्को बैठकले ५ बजेदेखि दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सन्दर्भमा नयाँ कार्यसूचीमा छलफल गर्न खोजिए पनि बैठक अघि नबढेको उनले जानकारी दिए । सदनको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय आइसकेपछि पार्टीका अध्यक्ष प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेलसहित प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।

त्यस छलफलमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयले पार्टीलाई कुनै असर गर्दैन भनी स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, “बिहान दुई अध्यक्षबीच छलफल हुँदा मन्त्रिपरिषद्को बैठक नबस्ने कुरा भएको थियो तर अचानक मन्त्रिपरिषद्को बैठक बोलाएर सदन स्थगित गर्ने निर्णय गरियो ।”

प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि अध्यक्ष प्रचण्डले पार्टीका अन्य शीर्ष नेतासँग पनि छलफल गर्नुभएको थियो । सो छलफलपछि उहाँ राष्ट्रपतिसँग भेट्न शीतल निवास पुग्नुभएको थियो । त्यहाँ उनले संसद्को चालू अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने कुरा पनि सुनिएको छ त्यो के हो भनी जिज्ञासा राख्नुभएको थियो तर राष्ट्रपति भण्डारीले त्यस्तो केही पनि कुरा नरहेको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठले बताए ।

सदन स्थगित गरेर अध्यादेश त ल्याउन खोजेको होइन भनी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पनि जिज्ञासा राख्नुभएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कुनै सोच नरहेको प्रतिक्रिया दिएको उनले बताए ।

अध्यक्ष प्रचण्ड शीतल निवासबाट फर्केपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो । सो बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भएको कुराकानीबारे जानकारी दिएका थिए । प्रधानमन्त्री ओली कार्य व्यस्तता र जरुरी भेटमा रहनुभएकाले स्थायी कमिटीको बैठकमा उपस्थित नहुनु भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

बिहीबारको बैठकमा बोहरा र बडालले पार्टी एकताप्रति चिन्ता जाहेर गर्नुभएको थियो । नेता बडालले प्रधानमन्त्री अ‍ोलीको राजीनामा मागेर समस्या बल्झेको धारणा राख्नुभयो । अर्को चुनावसम्म अध्यक्ष ओलीलाई प्रधानमन्त्री रहन दिने र चुनावपछि ओली प्रधानमन्त्री नबन्ने अरूलाई नै जिम्मेवारी दिने गरी अगाडि बढ्नुपर्ने आफूले सुझाव दिएको बताउँदै नेता बडालले पार्टीभित्र आ–आफ्नो जिम्मेवारी पूरा नगरेर पनि समस्या बल्झँदै गएको बताए ।

मङ्सिर ४ गते पार्टीमा भएको निर्णय अनुसार पार्टीको सञ्चालन अध्यक्ष प्रचण्ड र सरकारको सञ्चालन अध्यक्ष ओलीले गर्ने थियो । सदस्यता नवीकरणदेखि लिएर महाधिवेशनको तयारीसम्मको काम गर्नुपर्ने थियो तर अध्यक्ष प्रचण्डले कुनै काम गर्न सक्नु भएन र अहिले आएर सबै दोष अरूको काँधमा थुपारेको कुरा नेता बडालले बैठकमा उठाएका थिए ।

पार्टी सचिवालयमा नै समस्या रहेको कुरा आफूले बैठकमा राखेको बताउँदै उनले सचिवालयमा छलफल गरेर मात्र बैठकलाई अगाडि बढाउन आफूले सुझाव दिएको पनि बताए ।

नेता बोहराले एकता खलल नपुग्ने गरी पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिए । नेताहरूको बीचमा देखिएको असमझदारीलाई आपसमा बसेर सुल्झाएर अगाडि बढ्नुपर्ने बताउँदै उनले पार्टीको विवादले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको ध्यानाकर्षण गराए।  गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले समाचार लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x