नेता कंडेलको आरोप : कर्णाली सरकारको कार्यालय असुलउपर गर्ने निकाय बन्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज एवम प्रदेश सभा सदस्य यामलाल कंडेलले प्रदेश सरकार आफ्ना कर्मचारी कमाउ धन्दामा लागेको बेलामा मुखदर्शक बनेको बताएका छन् ।

विहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफू नेकपाको सदस्य भएपनि दुःखका साथ यस्तो कुरा भन्नु परेको बताएका हुन । उनले प्रदेश सरकारका कार्यालयहरु आर्थिक वर्षको अन्त्यमा असुल उपर गर्ने निकायको रुपमा परिणत भइरहेको आरोप लगाएका छन् ।


Advertisement

उनले लेखेका छन्, ‘कर्णाली प्रदेशमा नेकपाको सरकार छ  । म पनि नेकपा कै प्रदेशसभाको सदस्य हुदा हुदै पनि दुःखका साथ भन्नू पर्ने भयो कर्णाली प्रदेश सरकारका कार्यलयहरू आर्थिक बर्षको अन्तमा असुल उपर गर्ने निकायको रूपमा परिणत हुदै छन । उदाहरणको रूपमा दैलेखको खानेपानी तथा सिचाइ कार्यलयका कार्यलय सहायक बाहेक सबै अख्तियार को नियन्त्रणमा । प्रदेश सरकार मुखदर्शक ।’

उपभोक्ता समितिसँग पैसाको बार्गेनिङ गर्ने खानेपानीको इन्जिनियरसहित तीन कर्मचारी अख्तियारद्धारा पक्राउ परेका थिए ।


Advertisement

आर्थिक बर्ष सकिनै लाग्दा दैलेखमा योजनाको भुक्तानीमा कर्मचारीले योजनाको अनुगमन नगरी कार्यालयबाटै काम गर्ने र उपभोक्ता समितिबाट कमिसन खान लाग्दा मङ्गलवार उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको थियो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका कार्यालय इन्चार्ज इन्जिनियर तपेन्द्र सुन्दर मल्लसहित तीन जना कर्मचारी पक्राउ परेका थिए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्