×

NMB BANK
NIC ASIA

हिजो दिनभर : काठमाडाैँमा एकैदिन ३२ जनामा संक्रमण पुष्टि, नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुग्यो

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैँमा काेराेनाकाे जाेखिम बढ्याे, एकैदिन ३२ जनामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै भक्तपुरका दुई पुरुष र ललितपुरका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 


Advertisment
Nabil box
Kumari

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

Vianet communication
Laxmi Bank

राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले भने– ‘तत्काल कुनै अध्यादेश आउन्न’, भाेलि ओली-प्रचण्डबीच छलफल हुने

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्को अधिवेशन अन्त्य भएपनि पार्टी विभाजन हुनेगरी तत्काल अध्यादेश नआउने जानकारी गराएका छन् ।

बिहिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले तत्काल अध्यादेश आउने सम्भावना नरहेको बताएका हुन् । 

‘कमरेड प्रचण्ड राष्ट्रपतिकोमा जानुभएको कुराचाहिँ विशेषतः फेरि अहिलेको परिवेशमा संसद् अधिवेशन अन्त्य भएपछि अध्यादेश जस्ता विषय चर्चामा आएकाले अहिले त्यो स्थिति होइन भनेर भन्न जानु भएको हो । अहिले त्यो स्थिति होइन, राष्ट्रपति र प्रधानन्त्रीले अहिले अध्यादेश आएको छैन, प्रधानमन्त्रीले पनि अहिले आउने सम्भावना छैन भनेर भनेको जानकारी बैठकमा गराउनुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । 

संसद्को अधिवेशन हतारमा किन अन्त्य गर्नुपर्‍यो भन्ने कुरा सरकारले पार्टीलाई जानकारी नगराएको प्रवक्ता श्रेष्ठले बताए । 

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु आपत्तिजनक- कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरिन्।
 
कांग्रेसले एक विज्ञप्तिमार्फत अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया भएको तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत सङ्कल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् भएको उल्लेख गरेको छ। 
 
यसबारेमा प्रमुख प्रतिपक्षी दल काँग्रेससँग कुनै परामर्श पनि नगरिएको र पूर्व सूचना पनि नदिइएको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 
 
“सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनीतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् मात्रै होइन आपत्तिजनक छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौँको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका बेला त्यसप्रति उच्च गम्भीरताका साथ सिङ्गो संसद्ले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासिनता प्रकट गरेको छ” विज्ञप्तिमा उल्लेख।
 
जनताको जीवन प्रधान कि सत्ताको राजनीति भन्ने प्रश्न प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले राख्दै काँग्रेसले सङ्घीय संसद्को अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेको छ ।

नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुग्यो

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १४ हजार ५ सय १९ पुगेकाे छ। पछिल्लाे २४ घन्टामा थप ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ६४ पुरुष र १ सय ९ महिला गरी कुल ४ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।  

चट्याङ लागेर ६ जनाकाे मृत्यु, ९ जना घाइते

 सप्तरीकाे डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहामा चट्याङ लागेर एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

धर्मी साहको बिहीबार खेतमा हलो जोत्न गएका बेला चट्याङ लागेर  मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए।। मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ ।

खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक-एक जनाको मृत्यु भएको बताए। त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक-एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले बताए।

जोरी-पारी हँसाउने विरुद्ध स्थायी कमिटी बैठक जारी- पोखरेल

उपप्रधान एवं रक्षामन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको जारी स्थायी कमिटी बैठकबारे टिप्पणी गरेका छन्।

स्थायी कमिटी बैठक मंगलबारदेखि जारी छ । तर, अहिले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा विषय पेचिलो बनिरहेको छ।

कतिपयले त तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको हालको नेकपा फुटको संघारमा रहेको टिप्पणी समेत गरिरहेका छन्।

नेताहरु गुटगत छलफलमा व्यस्त छन्। यही बेला ओली समूहका नेता पोखरेलले यी चर्चामाथि टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पद्धतिको सीमा मिचेर, जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी...।

गगन थापाकाे टिप्पणी- राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन्।

थापाले बिहीबार साँझ माइक्रोब्लग ट्वीटरमा राष्ट्रपति व्यक्ति नभइ संस्था रहेको भन्दै स्मरण गराएका छन्।

मन्त्रिपरिषद्को प्रस्तावमा राष्ट्रपतिले बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन्।

सरकारले सभामुख र प्रतिपक्षी दलसँग समन्वय नै नगरी एकतर्फी रुपमा स‌ंसद अधिवेशन अन्त्य गरेको र त्यसमा राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।'

उनले भनेका छन् 'राष्ट्रपतिज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला !'

राष्ट्रपति व्यक्ति होइन संस्था हो।पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,संविधान र संस्थाको मर्यादाको खिलाफमा हो,गणतन्त्रकै अवमूल्यन हो।@PresidentofNP ज्यू,राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला!


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x