नेकपा विवाद उत्कर्षमा पुगेको बेला धुम्बाराहीमा युवा नेताहरुको छुट्टै भेला

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद तत्काल अन्त्य गर्न भन्दै केन्द्रीय कमिटीका नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।

भेलामा ५० जना भन्दा बढी केन्द्रीय नेताहरू छन् ।


Advertisement

शुक्रवार अपराह्न १ बजेदेखि शुरू भएको केन्द्रीय नेताहरूको भेला ४ बजेसम्म चल्ने केन्द्रीय सदस्य तथा संासद रामकुमारी झाँक्रीले लोकान्तरलाई बताइन् ।

'पार्टीलाई विधिसम्मत चलाउनु पर्छ, एकलौटी र स्वेच्छाचारिता हुनु हुँदैन,' झाँक्रीले लोकान्तरसँग भनिन्, 'व्यक्ति प्रधान भएर पार्टी चल्दैन, नीति प्रधान हुनुपर्छ । नेकपाभित्र जारी विवादलाई नीतिमा केन्द्रित रहेर मिलाउनुपर्छ भन्दै हामी भेला भएका हौँ ।'


Advertisement

उनले भेलामा ५० जना भन्दा बढी केन्द्रीय कमिटी सदस्यहरू जम्मा भएको र अरू आउने क्रम जारी रहेको जानकारी दिइन् ।

'अहिले ५० जना भन्दा बढी छौं, साथीहरू आउने क्रम जारी छ,' उनले भनिन्, 'हामी ४ बजेसम्म छलफल गर्छौं ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्