अर्को सीजनपछि बार्सिलोना छोड्दै मेस्सी ?

स्पेनको रेडियो सञ्जाल कादेना एसईआरले बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सी अर्को सीजनको सम्झौता सकिएपछि क्लब छोडेर जान सक्ने भनी खबर दिएको छ । क्लबले केही पनि उपाधि नजित्ने सम्भावनाका बीच निराश भएर मेस्सीले क्लब छोड्न खोजेको उसको दाबी छ । 

क्लबले उपाधि पनि नजितिरहेको र आफ्नो व्यक्तिगत सूचना मिडियामा चुहाएर बदनाम गरिरहेको भनी मेस्सी दिक्क मानिरहेका छन् । 
 


Advertisement

मेस्सीको अहिलेको सम्झौता सन् २०२१ मा सकिन्छ र उनले नयाँ सम्झौतालाई अहिले थाती राख्ने निर्णय लिएका छन् । क्लबसँग उनको राम्रै कुरा चलेको भए पनि पछि गतिरोध आएको अनि उनी अर्को वर्ष सित्तैमा क्लब छोड्ने सम्भावना देखिएको छ । 
 

मेस्सीको सम्झौता जुन ३० मा सकिँदैछ र त्यसअघिको दुई हप्ता उनको भविष्यको निर्णयका लागि महत्त्वपूर्ण छ । 


Advertisement

कोरोनाभाइरसका कारण खेलाडीहरूको तलब काट्ने क्लबको निर्णयलाई मेस्सीले आलोचना गरेका छन् । 
 

मेस्सीले हालै बार्सिलोना तथा अर्जेन्टिनाका लागि ७०० गोल गरेका छन् । तर प्रतिस्पर्धी क्लब रियाल मड्रिड अहिले बार्सिलोनाभन्दा चार अंक अगाडि भएकाले उपाधि जित्न बार्सिलोनालाई सहज छैन । 

क्लबमा भित्र्याइएका एन्टोइन ग्रीजम्यानले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् र उनी पनि क्लबबाट बाहिरिने सम्भावना छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्