टाटा मोटर्सले ल्यायो  सरकारले तोके अनुसार मापदण्ड पुगेको नयाँ विंगर एम्बुलेन्स

विश्वको अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यसको बिक्री वितरण गर्दछ । 


Advertisement

 टाटा विंगर एम्बुलेन्स, यस्तो पहिलो एम्बुलेन्स हो जुन पूर्ण रूपमा एआइएस १२५  र नेपाल सरकार स्वास्थ्य र जनसंख्या मन्त्रालयको मान्यता अनुरुप बनेको छ र जसले बिरामीहरूको सुरक्षा र सुविधाको लागि उच्च मापदण्डहरू पनि पूरा गरेको छ ।

विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको छ र यो तीन भिन्न वर्गहरूमा उपलब्ध छ: क्याटगोरी - सी (कमन लाइफ सपोर्ट), क्याटगोरी - बी  (बेसिक लाइफ सपोर्ट) / क्याटगोरी-ए (एड्भान्स लाइफ सपोर्ट) तथा दुई एसी र  स्ट्रेचर–कम– बेडसहित यसमा सहयोगीहरूको लागि बस्ने ठाउँ पर्याप्त हुनेछ ।


Advertisement

त्यसबाहेक इसीजी मनिटर र अक्सिजन मनिटर, सीपीआर बोर्ड,क्याथेटेराइजेसन सेट लगायत सुविधाहरू रहेको छ ।  

 ३ वर्ष वा ३ लाख किलोमिटर(जुन पहिला हुन्छ त्यही)को वारेन्टी प्रदान गर्ने टाटा विंगर एम्बुलेन्स अरुभन्दा भरपर्दो र विश्वाशिलो रहेको कम्पनीको दावी छ ।   

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्