टर्कीमा पटका कारखानामा विष्फोट हुँदा कम्तीमा ४१ श्रमिक घाइते

फाइल तस्वीर

टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ ।

साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय टेलीभिजनलगायत स्थानीय सञ्चारमाध्यमहरूले प्रशारण गरेका छन् ।


Advertisement

उनीहरूले घटनामा मानवीय क्षति भने नभएको तर ४१ जना घाइते भएको साकार्या राज्यका गभर्नर केटिन ओकताय काल्दिरिमले ट्वीटरमार्फत् जानकारी गराएका छन् ।

सरकारको दुर्घटना व्यवस्थापन निकायले विष्फोटलाई औद्योगिक दुर्घटना भएको बताएको छ । दुर्घटनाका समय कारखानामा करिब २०० जना रहेका तर मानवीय क्षति भने नभएको गभर्नर काल्दिरिमलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले समाचारमा उल्लेख गरेको छ ।


Advertisement

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आइनसकेको तर कारखानामा रहेका सबै कर्मचारीलाई उद्धार गरिसकिएको हेन्देकका नगर प्रमुख तुरगुत बाबाओग्लुले टीआरटी टेलिभिजनसँग बताए । आगलागी पछि अत्यधिक कर्मचारी आफै कारखाना बाहिर आएका थिए भने दर्जनौँ अन्यलाई उद्धार गरिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्