×

NMB BANK
NIC ASIA

नेकपामा शक्ति संघर्षको बटमलाइन : जेठ २ मा फर्किने कि मंसिर ४ मा ?

असार २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै दाहाललाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले पार्टीको काम गर्ने भन्ने हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अध्यक्ष दाहालले भने मंसिर ४ को सहमति कार्यान्वयनमा ओलीले नै बाधा सिर्जना गरेकाले अब पार्टी एकता गर्दा जेठ २ मा भएको सहमतिअनुसार जानुपर्ने प्रस्ताव गरेका छन् । जेठ २ को सहमतिको स्पिरिट भनेको दुवै अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने हो । यसको अर्थ ओलीले अब पद छोड्नुपर्छ भन्ने हो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो अध्यक्षद्वयबीच करिब ४ घण्टा वार्तालाप चले पनि दुवैले अडान नछाडेपछि सहमति हुन सकेन । प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षीय नेताहरुबीच ओलीको राजीनामाको विषयलाई लिएर तीब्र धु्रवीकरण भएपछि विवाद सामसुम पार्न भन्दै शुक्रबार स्थायी कमिटी बैठक रोकिएको थियो । तर भेटमा दुवै अध्यक्षले सहमतिका लागि आआफूले तयार पारेको आधारबिन्दु नछाड्ने बताएपछि निष्कर्ष निस्किएन । ‘मिल्ने भनेर बैठक बसेको हो, उहाँहरुले आआफ्नो बेदना पनि पोख्नुभएको हो, एकअर्काको व्यवहारबारे गुनासो पनि गर्नुभएको हो,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर मिल्ने कुरा भने गर्नुभएन, सहमतिको आधार के हो भन्नेमै दुई अध्यक्षको बुझाइ फरक पर्‍यो ।’

Vianet communication
Laxmi Bank

जेठ २ को पाँचबुँदे सहमतिको बुँदा नम्बर ४ मा समानता र सहमतिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । यस्तै सहमतिमा एकता महाधिवेशन गर्ने, सिद्धान्त, समानता र सम्मानजनक र न्यायोचित एकता गर्ने, एकता महाधिवेशन नहुँदासम्म सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा गर्ने, दुवै अध्यक्षको सहमति र हस्ताक्षरलाई मात्रै आधिकारिक मानिने उल्लेख छ । दाहालले एकीकरणको यही बिन्दुमा पुगेर छलफलको थालनी गर्न ओलीलाई प्रस्ताव गरेका थिए तर ओली त्यसलाई स्वीकार्न तयार भएनन् ।

दाहालको प्रस्तावमा छलफलमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले सहमति जनाएका थिए । सरकारको लोकप्रियता खस्किरहेको र पार्टीभित्र पनि समस्या बढेको अहिलेको सन्दर्भमा पुरानै सहमतिमा फर्किन उचित हुने धारणा शर्माको थियो । पूर्व माओवादी धारका अधिकांश नेताहरु दाहालले मंसिर ४ मा गरेको सहमति नै गलत थियो भन्ने निष्कर्षमा पुगेका छन्, यो निष्कर्ष स्वयम् दाहालको पनि हो । ‘तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले नै पार्टी एकता गरेकाले पार्टी बचाउने काम पनि उहाँहरुकै हो,’ स्थायी कमिटी सदस्य मणि थापाले कान्तिपुरसँग भने, ‘दुवै अध्यक्षहरुले २०७५ जेठ २ गतेको सहमतिभन्दा अझै अगाडि गएर छलफल थाल्नुपर्छ र त्यसमा नयाँ समस्याबारे पनि कुराकानी हुनुपर्छ ।’

जेठ २ को सहमतिमा उल्लेख भएको आलोपालोमा सरकार चलाउने प्रावधानअनुसार दाहालले यही साउनदेखि सरकारले नेतृत्व पाउन सक्थे । त्यसैले पनि दाहाल पक्षीय नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक स्थान दिने, मुख्यमन्त्री र मन्त्रीमा नेपाल निकट नेताहरुलाई व्यवस्थापन गर्नेगरी अघि बढ्नुपर्ने पक्षमा छन् । बैठकमा ओली र दाहालबीच ठोस सहमति हुन नसकेको नेता शर्माले बताए । ‘नेताहरुबीच खुलमखुल्ला छलफल भयो, विषयबस्तुमा ठोस सहमति भएको छैन, फेरि छलफल हुन्छ,’ उनले भने ।

ओली किन छाड्न चाहँदैनन् ?

प्रधानमन्त्री ओली अहिले दुईमध्ये एउटा पद छोड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् । त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै या कमिटीमा सल्लाह भएको भए प्रधानमन्त्रीले सरकार छाड्न पनि सक्नुहुन्थ्यो तर अब छाड्नुुहुन्न,’ ओली निकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘अब छाड्दा त जिम्मेवारी हस्तान्तरण गरेको भन्दा पनि गलहत्याइएको भन्ने सन्देश जान्छ । अलिअलि त इगोले पनि काम गर्छ नि ।’

ओलीले निकटस्थ नेताहरुसँग पनि अहिले सरकार छाड्दा त्यसको अर्थ छाडेको भन्दा पनि निकालिएको रुपमा बुझिने र आफ्नो मानसम्मान गुम्ने भएकाले त्यस्तो खालको कुरै नगर्न भनेका छन् । शुक्रबार दाहालसँग भएको बैठकमा समेत प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने भन्दै अरु विकल्प भए आफू कुरा गर्न तयार भएको बताएका थिए ।

‘अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा सम्भव छैन, अहिले त्यो कुरै नगर्नुस्, त्यो बाहेक कुरा छन् भने गरौं,’ बैठकमा ओलीले दाहालसँग भने, ‘हैन भने पार्टी त करिब करिब फुटेकै छ, औपचारिकताका लागि भोलि मलाई कारबाही गुर्नस्, म नयाँ पार्टी घोषणा गर्छु ।’ ओलीले पार्टी एकता जोगाइ राख्ने मन भए आफ्नो टिममा आउन पनि दाहाललाई प्रस्ताव गरेका थिए ।

ओलीसँगको छलफलपछि आफू निकट सचिवालय सदस्यहरुसँग खुमलटारमा भएको छलफलमा उनको भनाइ उद्धृत गर्दै दाहालले भनेका थिए, ‘पहिले मसँग एकता गर्ने हो कि माधव नेपालसँग गर्ने हो त्यो निधो गर्नुुस् । एकता गर्ने भए मेरो टिममा आउनुस्, पार्टी फुटाउने भए माधव नेपालको टिममा बस्नुस् । पार्टी एकता गर्ने हो कि फुटाउने हो, फैसला तपाईंकै हो ।’ ओली कड्किएपछि बैठकमा सहभागी महासचिव विष्णु पौडेलले सहजीकरण गर्न खोजेका थिए । उनले मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गरेर अघि बढ्नुपर्ने बताएका थिए । ‘अरु कता कता के के गर्न सकिन्छ सोचौं, कार्यकारी अध्यक्षको भूमिकालाई व्याख्या गरौं, मंसिर ४ को सहमतिअनुसार अघि बढौं,’ बैठकमा महासचिव पौडेलको प्रस्ताव थियो, ‘दुई अध्यक्षकै बीचमा सहमति हुनुपर्‍यो ।’ तर यो प्रस्तावमा अध्यक्ष दाहाल र नेता शर्मा सहमत हुन सकेनन् । पौडेलले भने अध्यक्षद्वयबीचको संवाद सकारात्मक रुपमा अघि बढेको दाबी गरे । ‘दुई अध्यक्षबीच मन माझामाझ भयो, बैठक सकरात्मक रुपमा अघि बढेको छ, छिट्टै निकास निस्किन्छ,’ उनले कान्तिपुरसँग भने ।

दाहालले पार्टी कमिटीमा व्यापक कुरा उठिसकेकाले अब प्रधानमन्त्रीले निकास दिनुपर्ने बताए । वरिष्ठ नेता झलनाथ खनालले दिनभरिमा सहमति जुटाउने भनिए पनि अध्यक्षद्वयबीच कुरा मिलि नसकेको खबर पाएको बताए । शुक्रबार साँझको खुमलटार बैठकपछि कान्तिपुरसँग कुरा गर्दै खनालले भने, ‘उहाँहरुबीच करिब ४ घण्टा कुरा भएछ तर केही पनि मिलेनछ, केपीजीले राजीनामा दिन्न भन्नुभयो, दाहालले निकास दिनुस् भन्नुभयो, सारमा कुरा यत्ति हो ।’ उनले आफूले अब स्थायी कमिटी बैठकलाई दृढतापूर्वक अघि बढाउन र बैठकबाटै निकास खोज्न अध्यक्ष दाहाललाई आग्रह गरेको बताए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार बिहान अध्यक्षद्वयबीच फेरि एकपटक कुरा हुनेछ । ‘उहाँहरुलाई हामीले भोलि बिहान फेरि एकपटक कुराकानी गर्नुुस् र त्यसपछि हामी बसेर सल्लाह गरौला भनेका छौं,’ उनले कान्तिपुरसँग भने ।

दुई पक्षलाइ मिलाउने समूहहरु पनि सक्रिय रहेकाले ओली र दाहालबीचको विवाद चर्किइरहँदा पनि केही अन्य विकल्पको चर्चा चाही भइरहेको छ । दुईमध्ये एक–एक पद बाँडफाँड गर्ने, सरकार सञ्चालनका लागि पाँच जना नेता ओली, दाहाल, खनाल, माधव नेपाल र वामदेव गौतम रहेको एउटा संयन्त्र निर्माण गर्नेलगायत कुरा आएका छन् । तर मुख्य रुपमा एकता गरेर जाने विषयमै नेताहरुको एकै खालको मनस्थिति बनिसकेको छैन । शुक्रबारको बैठक केही बढ्ता उपयोगी हुने ठानिए पनि ओली र दाहालबीच हार्दिकतापूर्ण संवाद नै हुन सकेन ।
ओली–दाहालको ४ घण्टे गलफती
बैठकमा ओली र दाहालबीच एकले अर्कालाई हेपेको, सरकार र पार्टी राम्ररी नचलेको जस्ता आरोप प्रत्यारोप चलेको थियो । स्रोत अनुसार दाहालले विगतको सहमति नमानेर ओलीले आफूलाई हेपेको बताएका थिए । त्यसको जवाफमा ओलीले दाहालमाथि पार्टी नै चलाउन नसकेको आरोप लगाए । दाहालले आफूलाई जिम्मेवारी दिए जस्तो मात्र गरेको तर काम गर्न नदिएर बेलाबेलामा डिस्टर्ब गरेको भन्दै गुनासो गरेका थिए । तर ओलीले कार्यकारी अध्यक्ष आफूले लिएर काम गर्न पाइएन भन्ने दाहालको भनाइप्रति आपत्ति जनाएका थिए । ओलीले बरु सरकार चलाउन दाहालले अप्ठेरो पारेको आरोप लगाएका थिए । पार्टीले निर्णय गरेर ल्याएका प्रस्ताव आफूले मान्दै आएको तर पार्टी एकताका लागि ल्याउन भनिएको प्रस्ताव दाहालले नै अहिलेसम्म नल्याएको ओलीको भनाइ थियो । एकताको प्रस्ताव दाहालले ल्याउदै नल्याएको भन्ने कुरा ओलीले गरेपछि दाहालले त्यस्तो प्रस्ताव बनाउने कामै गर्न ओली नै नदिएको भन्नै जवाफ दिएका थिए ।

ओलीले अध्यक्ष भएर गुटको भेला गर्दै हिँडेको भन्दै दाहालप्रति आपत्ति जनाएका थिए । दुई नेताबीच विगतका कायैशैलीका विषयमा गलफत्ती चलेपछि दाहालले ओलीलाइ पार्टी कमिटीमा उठेको मागको आधारमा निकास दिन आग्रह गरे । तर ओलीले पार्टी करिब फुटेकै जस्तो अवस्थामा पुगिसकेकाले औपचारिकताका लागि कारबाही गरेर देखाउन दाहाललाई चेतावनी दिए । ओली आफ्नो अडानबाट नहल्लिएपछि दाहालले आफू पार्टी एकता बचाउनका लागि छलफलमा आएकाले पार्टी कमिटीको सम्मान गर्नुपर्ने बताएका थिए । तर ओलीले एकता गर्ने भए आफ्नो टिम वा माधव नेपालको टिम छान्न दाहाललाई आग्रह गरे । उनले आफ्नो टिममा दाहाल बसे पार्टी एकता हुने नभए पार्टी नै फुट्न सक्ने सन्देश दिए ।

बालुवाटार बैठकमा ओली र दाहालको यो तहको गलफती भएपछि साँझ दाहाल निवास खुमलटारमा सचिवालयमा रहेको ओलीइतर समूहका सबै नेताको बैठक बसेको थियो ।

शक्ति संघर्षको सिलसिला

२०७६ जेठ १५ गते अध्यक्ष पुष्पकमल दाहालले आफू र प्रधानमन्त्रीका बीचमा आधा आधा समय सरकार सञ्चालन गर्ने सहमति भएको सार्वजनिक गरेसँगै सरकारको आयुका बारेमा विभिन्न अड्कलबाजी हुन थालेको हो । त्यतिखेर ओलीले एकलौटी गरेर आफ्नो अपमान गरेको भन्दै उनले पुरानो सहमतिको मर्मबाट ओली पछि हट्लान् भनेर आफूले नसोचेको बताएका थिए । भूमिकालाई लिएर ओली र दाहाल तथा कार्यविभाजनको सन्दर्भमा ओली र नेपालबीच विवाद बढ्दै गयो । दुवैको साझा ‘अवरोध’ ओली भएपछि नेपाल र दाहालबीच अब ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउनुपर्छ भन्ने सहमति भयो ।

असार १ गते युरोपबाट फर्किएकै साँझ प्रधानमन्त्री ओलीले नेता नेपालसित लामो समय भलाकुसारी गरेर सरकारले गरेको जुन काममा पनि विरोध गरेको भन्दै दु:ख पोखेका थिए । त्यतिखेर नेपालले पनि सरकारको काम एकलौटी गरेर बिगारेको भन्दै सच्चिन सुझाव दिए । असार ११ र १२ गतेको छलफलमा उनीहरुबीचको समस्या उत्कर्षमा पुगेको थियो । त्यो बेला दाहालले निकटस्थसँग भनेका थिए, ‘अब त सकिन्न कि के हो !’

०७६ साउनमा दाहाल र नेपालले ओलीको सत्ता ढाल्ने र दुईमध्ये एक प्रधानमन्त्री र एक पार्टी अध्यक्ष बन्ने लिखित सहमति गरे । तर त्यो बेला ओलीले दाहाललाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेर नेपाल–दाहालको गठबन्धन तोडिदिए । सत्ता अवरोधको सिलसिला तत्कालका लागि स्थगित भयो । तर ओलीले दाहालसँग भएको उक्त गोप्य सहमति मान्दै मानेनन् । पार्टी सचिवालयको समेत बैठक बसेन, नेकपामा फेरि ओलीविरुद्ध गठबन्धन शुरू भयो । दाहालले बारम्बार ओलीसँग भेटेर कार्यकारी अध्यक्ष बनाउने पुरानो सहमति कार्यान्वयन गर्न माग गरिरहेका थिए । तर ओली सहमत नभएपछि दुई अध्यक्षबीच दूरी बढ्दै गयो । त्यो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यक्षका बीचमा मध्यस्थता गरिन् । उनलाई साक्षी राखेर दाहाल र ओलीबीच एक जनाले सरकार चलाउने र अर्काले कार्यकारी अध्यक्षको भूमिका खेल्ने गरी सहमति भयो । मंसिर ४ मा भएको उक्त सहमति कार्यान्वयन हुन नसकेको ठम्याइ दाहालको छ । उनले स्थायी कमिटीको यही बैठकमा उक्त सहमति कतै गल्ती त थिएन भनेर पश्चतापसमेत गरेका छन् ।

गत वर्षको मंसिर र पुसमा एमसीसी प्रकरणले दाहाल र ओलीलाई दुई किनारामा विभाजित गऱ्यो । ओली पक्षीय या दाहाल पक्षीय को नेतालाई सभामुख बनाउने भन्ने विवादले ओली र दाहालको असमझदारीलाई करिब महिना दिन लम्ब्याइदियो । यही बीचमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने या नबनाउने भन्ने अर्काे प्रकरण थपियो । यो प्रकरणले भैंसेपाटी गठबन्धनको जन्म गरायो ।

गौतमको भैंसेपाटी निवासमा पुस २२ गते भएको भेलामा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएर प्रधानमन्त्री बनाउने, सभामुख पूर्व माओवादी पक्षलाई दिने र यही अवस्थामा एमसीसी सम्झौता अनुमोदन नगर्ने निष्कर्षमा नेताहरु पुगे । उनीहरुको यही निष्कर्षका आधारमा अग्नि सापकोटा सभामुख भए । तर एमसीसी सम्झौता र गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा असमझदारी यथावत छ ।

फागुन १० मा बसेको नेकपा सचिवालय बैठकले संविधान संसोधनका लागि कार्यदल बनाउने र त्यसको नेतृत्व माधव नेपाललाई दिने निर्णय गर्‍यो । नेपालले काम पनि थालेका थिए तर पार्टी सचिवालय भित्रै मतभेद भएपछि कार्यदल बनाउने निर्णय फिर्ता भयो । संगसंगै गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय पनि ओलीले मान्दिन भनेपछि गौतमका नाममा पार्टीभित्र फेरि बबन्डर शुरू भयो, उनको सम्बन्ध बालुवाटारसँग चिसियो ।

कोरोना कहर सबैतिर जस्तै नेपालमा पनि विस्तार भइरहेको थियो । तर सरकारको भूमिकाबारे सुरुवातदेखि नै आलोचना भइरहेको थियो । पार्टीहरुले समेत के गर्ने भन्ने भेउ पाएका थिएनन । त्यही बीचमा दाहालले कोरोनाकालमा काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरे तर ओलीले उक्त प्रस्ताव अस्वीकार गरिदिए । कोरोनाको रापताप बढिरहेका बेला यही विषयले अध्यक्षद्वयका बीचमा चिसोपना थपियो ।

गत वैशाख ८ मा सरकारले दुइटा अध्यादेश ल्याएपछि नेकपाको ध्यान त्यही अध्यादेशमा केन्द्रित रह्यो । वैशाख १७ गतेको सचिवालय बैठकमा नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागे । तर त्यो बेला ओलीले यसपछिको प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि गौतमले क्याम्प परिवर्तन गरे । वैशाख २० कै सचिवालय बैठकमा ओलीले आत्माआलोचना गरेपछि उक्त विषय तत्कालका लागि रोकियो । सत्ता बर्हिगमनको ढोकामा पुगिसकेका ओलीको प्रधानमन्त्री पद थमौती भयो । तर अध्यादेश प्रकरणले नै चिढिएका २० जना स्थायी कमिटी सदस्यहरुले बैठकको माग गर्दै लेखेको पत्रको सुनुवाइ भएको थिएन । सरकार र पार्टीप्रति उनीहरुको गुनासो जस्ताको त्यस्तै थियो । असार १० गतेदेखि स्थायी कमिटी बैठक डाकिएपछि ती विषय पनि ओकलिन्छन् भन्ने अनुमान नेकपा वृत्तमा थियो तर ओलीको राजीनामा नै माग्ने पक्षमा भने नेताहरु थिएनन । यद्यपि एक व्यक्ति एक पदको मापदण्ड लागू हुनुपर्नेमा दाहाल–नेपाल पक्षधर नेताहरु अडिग थिए ।

गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओलीले आफूलाई सत्ताबाट निकाल्न भारत सक्रिय रहेको र त्यसमा पार्टी कमिटीकै नेताहरुले साथ दिएको बताएपछि जारी स्थायी कमिटीको ध्यान अरु विषयबाट मोडिएर ओलीको राजीनाम केन्द्रित हुन थाल्यो । १६ गते बैठकमा अध्यक्ष दाहालले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताए । त्यसपछि स्थायी कमिटी बैठक त्यतैतिर सोझियो । बिहीबार ओलीले संसद अधिवेशन अन्त्य गर्ने हठात निर्णय गरिदिएपछि झन बिग्रिएको सम्बन्ध सुधार्न ओली र दाहालबीच करिब चार घण्टा वार्तालाप भयो भने अरु स्थायी स्थायी कमिटी सदस्यहरु पनि दिनभर दौडधुप रहे । सहमतिका लागि शनिबार बिहान फेरि दुई अध्यक्ष बसेर छलफल गर्नुुपर्ने निचोडमा उनीहरु पुगेका छन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x