×

NMB BANK
NIC ASIA

थाइ व्यञ्जन अहिले विश्वको जिब्रोमा बसेको छ । विश्वका धेरै देशमा थाइ खाना खाइन्छ र नेपालमा पनि यसको क्रेज बढेको छ । 

Muktinath Bank

थाइ खानाको इतिहास हेर्ने हो भने प्राचीन समयमा चीनको दक्षिणी प्रान्तबाट थाइल्याड छिरेका चिनियाँले आफूसँगै लगेका खानालाई थाइल्यान्डमा फिजाएका र पछि परिमार्जन भएर थाइ खानाको छुट्टै पहिचान भएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाइ खाना चिनियाँ सेच्वान व्यञ्जनबाट प्रभावित कुजिन हो र पोर्चुगलहरूसँगको सम्पर्कपछि अझ बढी थाइ खानामा विविधता देखियो । समयसँगै परिमार्जन हुँदै गएको थाइ खाना पछिल्लो समय जापानिज खानाबाट पनि केही प्रभावित हुँदै आजको दिनमा यो खाना आफ्नै पहिचान बोकेको छुट्टै युनिक ब्रान्ड साबित हुँदै ५ स्वादमा विभाजित भयो र सबैको सर्वप्रिय साबित हुन पुग्यो । 


Advertisment
Nabil box
Kumari

थाइल्यान्डमा पिरो, अमिलो, नुनिलो, गुलियो र तीतो गरी सबै खालका स्वादमा फरक ठाउँमा फरक स्वाद दिएर विकास गरिएको छ । मुख्य त थाइल्यान्डमा खानाका व्यञ्जनलाई ४ वर्गमा विभाजन गरिएको छ, जुन भिन्न–भिन्न स्वादमा पाइन्छ । उत्तरी, उत्तर पूर्वी, केन्द्र र दक्षिणी गरी ४ वर्गीय मौलिक स्वादमा विभाजन गरिएको छ । 

Vianet communication
Laxmi Bank

थाइल्यान्डको व्यञ्जनमा क्षेत्रीय विभाजन

अन्य क्षेत्रभन्दा केही हल्का पिरो अमिलो कम हुने खाना उत्तरी भेगमा बस्नेहरूले खान्छन् । यो भेगका वासिन्दा ताइचीनको च्याप–च्याप लाग्ने चामलको परिकार बढी रुचाउने परम्परा छ, जुन सानो–सानो गोली बनाएर पस्किन्छन् । छिमेकी देश बर्माबाट प्रभावित भएका हुनाले यो क्षेत्रका वासिन्दाको खाना बर्मेलीसँग केही हदसम्म मिल्दोजुल्दो हुन्छ ।

बेसार, इम्ली, अदुवा यो क्षेत्रका वासिन्दाका प्रिय घटक (मिश्रणको एक अशं) हुन् । कियाङ हाङ ले, पोर्क करी, क्राबोङ, खौलाम, खाउ सइ गई, सइ वोए, कनम जेन नम नेगेउ, गइङ हङ ले, लाब दिब, मा योर चिङ माइ, गइङ हो जस्ता खानाहरू यो एरियामा प्रचलित छन् ।

थाइल्यान्डको केन्द्रीय क्षेत्रमा जास्मिन चामल मुख्य रुपमा प्रचलन गरिन्छ । यो स्थानका वासिन्दाले उत्तर र दक्षिणको माध्यम भएर मिक्स किसिमको खाना खाने चलन छ । यो स्थानमा जास्मिन चामलको विभिन्न भिन्न–भिन्न परिकार बनाइन्छ । थाइल्यान्डमा यो केन्द्र स्थानको कुजिनलाई रोयल कुजिन रुपमा लिइन्छ । 

शाही खानाको रुपमा लिइएको दरबारियाहरूले खाने यो क्षेत्रको व्यञ्जन अन्य क्षेत्रको भन्दा एक भिन्न कलाको रुपमा लिइन्छ । रोटी साइ माइ, कुइ टिइओ रुइय, खमोन चीन नम या, काइम सोम, थाइ ग्रीन करी, रेड करी यो क्षेत्रका प्रमुख खानाहरू हुन् ।

थाइल्यान्डको दक्षिणी ईलाका एक प्रमुख पर्यटकीय स्थान मानिन्छ, जुन खाना अलि भिन्न छ र यो खाना थाइल्यान्डभन्दा बाहिर बढी प्रसिद्ध छ । थाइल्यान्ड घुम्न आउने पर्यटकहरूले यो क्षेत्रको खानालाई खुब चाख दिएर खाने हुँदा अन्य देशमा पनि तिनै पर्यटकले फिजाएका हुन् । यो स्थानमा नरिवल धेरै खानामा प्रयोग गर्ने चलन छ । यो क्षेत्रका वासिन्दाले सामुन्द्रिक खानालाई पनि निकै चाखका साथ खाइन्छ । फ्राइका लागि नरिवल घ्यू वा साधारण घ्यू प्रयोग गरिने यो क्षेत्रमा सलादको रुपमा स्थानीय उत्पादन काजु पनि प्रयोग गरिन्छ ।

नरिबलको प्लेक्सलाई विभिन्न खानाका कन्डिमेन्सको रुपमा प्रयोग गरिन्छ । सतव प्याड कापी गोङ, खुवा क्लिङ मा साप, गाइङ लेङ योड माप्रोओ प्ला (एल्लो करी), मो होङ (पोर्क विथ स्विट सस), गोङ प्याड मक्खम (प्राउन विथ स्वीट एन्ड सावर सस) यो ईलाकाको प्रमुख खाना मानिन्छ ।

थाइल्यान्डको उत्तर पूर्वीय क्षेत्रमा पनि एक विशेष व्यञ्जन प्रख्यात छ । यो क्षेत्रको खाना लाओसबाट प्रभावित भएको हुँदा लचिलो र टासिने खालको चामलका ज्यादा परिकार बनाइन्छ । माछा मासु धेरै खाना रुचाउने यो क्षेत्र माछालाई किण्वित (फर्मिन्टेड) राखेर पछि खाने चलन छ । मासुका लागि विभिन्न दुर्गम गाउँगाउँमा पुगेर प्रोटिनयुक्त मासु खोजेर खाने प्राचीन चलन छ । यो क्षेत्रको व्यञ्जनलाई इसान थाइ खाना पनि भनेर चिनिन्छ ।

लाब (किमा सलाद), गाइङ नाइ माइ (ब्याम्बो सुट करी), सइ ग्रोक इसान (इसान फर्मेन्टेड ससेज), तोम साइप (हट एन्ड सावर सुप), सोम तोम थाइ (पपया सलाद), गइ यङग (ग्रिल चिकन) आदि यो ईलाकाको प्रमुख खाना हुन् ।

माथि उल्लेखितबाहेक थाइल्यान्डको समग्र स्थान र विश्वभर लोकप्रिय खानाहरू पनि कैयौ छन् । तोम यम गोङ (स्पाइसी थाइ सुप), तोम ख गइ (चिकन गलाङगल सुप), तोम खा गइ (चिकन गलङगल सुप), चिकन ग्रिन करी, थाइ ह्यान्लय करी, सिफुड करी इन कोकोनट, थाइ पनाङ करी, स्टिङ बिन्स, चिकन पिनट करी, सुप हट पट (जिम जुम), थाइ बारबिकिउ (मोगाता), ओयस्टर अम्लेट, ग्रिल पोर्क विथ स्टिकी पोर्क सतय, फ्राइड चिकन (गइ टोड), फ्राइड राइस (खाउ प्याड गोङ), ग्रिल्ल पोर्क विथ सस, रोस्टेड डक, थाइ बसिल चिकन, स्पाइसी फ्राइ कटल फिस, चिल्ली फ्राइड कल्यम, ग्रिल्ल क्याट फिस, फ्राइड चिल्ली फिस, स्टिम लाइम फिस, थाइ पपया सलाद (सोम ताम), झुङगे माछा लेमन ग्रास सलाद, क्याबेज पोर्क एन्ड एग्ग, फ्राइड चिकन विथ चिल्ली पेस्ट, मर्निङ ग्लोरी, रोस्टेड एगप्लान्ट सलाद, सिरिम पेस्ट विथ भेज, डुनकेन नुडल, वाइल्ड राइस नुडल्स, ड्राइ सुकियाकी, उत्तरी करी नुडल्स (खाउ सोय), नुडल विथ ग्रभी (रड्ना), थाइ बोट नुडल्स, थाइ स्विट एन्ड सावर सुप विथ नुडल्स,सावर सुप (गाइङग सोम), बनाना ट्रिट, स्ठिकी राइस विथ कस्टड, राउन्ड एग्ग योर्क टार्ट (तोङ यर्ड), कोकोनट राइस डम्पलिङ, थाइ जेलो, मिक्स आईस डेजर्ट, प्लाम सुगर पुडिङ आदि प्रसिद्ध छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x