बझाङमा पहिरो : १८ घरमा क्षति, ७ बेपत्तामध्ये ३ जनाको शव फेला

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ८ को मल्लेसिमा पहिरा जाँदा १८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बझाड्डका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार जिल्लाको एकदमै विकट मानिने सो ठाउँमा पहिरो जाँदा उद्धारमा समेत सिर्जना भएको हो ।


Advertisement

घटना स्थल पुगेको प्रहरी टोली उद्धार जारी राखेको छ । पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका थिए । जसमध्ये ३ जनाको शब फेला परेको तर पहिचान हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सार्कीले जनाए ।

घटना स्थल खोला किनार तथा चारैतिर खोला भएकोले उद्धारमा समस्या भएको जनाइएको छ । हाल घटना स्थलमा नेपाली सेनाको टोली पनि गएको जिल्ला प्रशासन कार्यालय बझाड्डले जनाएको छ ।


Advertisement

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्