कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पोखराको नयाँबजारमा शनिबार दिउँसो दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा दुवै जलेर नष्ट भएका छन् ।
महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ जाँदै गरेका ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल दिउँसो ३ बजेर २५ मिनेटमा पोखरा–९, नयाँबजारस्थित बृहस्पति पेट्रोल पम्प नजिकै आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाश हमालले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल ठोक्किए लगत्तै एक्कासी आगो लागेको र जलेर नष्ट भएका हुन् । दुवै मोटरसाइकलमा गरी ४ जना सवार थिए । जसमा ग १४ प ३८६१ नम्बरको मोटरसाइकलमा सुरेन्द्र सुनार चालक र पछाडि सुनिता सुनार थिए । अर्को ग १६ प ४४४१ नम्बरको मोटरसाइकल पोखराको रिट्ठेपानीका इच्छा गुरुङले चलाएका थिए ।
उनको मोटरसाइकलमा दीपन्द्र नेपाली थिए । उनीहरु सामान्य घाइते भएको प्रहरीले जनायो । घाइतेको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । आगो पोखरा महानगरपालिकाको दमकलले स्थानीयको सहयोगमा निभाएको हो ।
घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...