बाल गायक अग्रज भट्टराईको ‘बादलमा बुट्टा’ गीत सार्वजनिक

बाल गायक अग्रज भट्टराईको स्वरमा ‘बादलमा बुट्टा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ ।


Advertisement

गीतमा कवि तथा गीतकार टंक भट्टराईको शब्द र प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईको संगीत रहेको छ । गायक अग्रजले गीतमार्फत् जिज्ञासा राखेका छन् –

बादलमा बुट्टा त्यो कसले भरेको होला ?
फूलमा सुवास त्यो कसले छरेको होला ?
रंगीन छ यो दुनियाँ कसरी भयो होला ?
सप्तरङ्गी इन्द्रेणी कसले बनाउँछ होला ?


Advertisement

यसअघि समेत अग्रजको स्वरमा ‘सबै भन्छन्’ बोलको गीत सार्वजनिक भएको थियो । ‘बादलमा बुट्टा’ गीत अग्रजको स्वर रहेको दोस्रो गीत हो ।

भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का स्थायी बसोबास भएका बुवा मीन भट्टराई र आमा जुनु भट्टराईका सुपुत्र अग्रज हाल काँडाघारीस्थित अक्षरा स्कूलमा अध्ययनरत छन् ।

सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्