राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, बालुवाटारमा मन्त्रीहरुसँग छलफल

फाइल तस्वीर

पार्टीभित्रको विवादले सरकारसमेत अप्ठेरोमा परेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिवार भेटवार्ता गरेका छन् ।

सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई शनिवार साँझ ७ बजे बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए ।


Advertisement

ओली शीतलनिवासबाट साँझ सवा सात बजे बालुवाटार आइपुगेका छन् । त्यसपछि मन्त्रीहरूसँगको छलफलमा सहभागी भएका छन् ।

मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल अनौपचारिक भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

पार्टीभित्र देखिएको विवाद सहमतिमा मिलाउन भन्दै नेकपा स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । सहमतिको प्रयासस्वरुप अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार छलफल भएको थियो ।

स्थायी कमिटी बैठकअघि अध्यक्षद्वयबीच शनिवार पुनः छलफल गर्ने भनिएपनि शनिवार साँझसम्म छलफल हुन सकेको छैन । शनिवार अपराह्न प्रचण्ड निवासमा नेकपाका केही शीर्ष नेताहरुबीच भएको छलफलले स्थायी कमिटी बैठकको निर्णय सर्वोपरी रहेको भन्दै बैठकले जे निर्णय गर्छ त्यो मान्नुपर्ने निष्कर्षमा टुंगिएको थियो ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्