×

NMB BANK
NIC ASIA

नेकपाभित्रकै विवाद समाधान गर्न पार्टी नै सक्षम छ- मन्त्री अर्याल

असार २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्न सहकारी क्षेत्रलाई आग्रह गरेकी छन्।

Muktinath Bank

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको भन्दै मन्त्री अर्यालले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताइन्। ‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’, मन्त्री अर्यालले भनिन् ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन्। स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन्। सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्‍न अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ थियो । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गरिन्।

Vianet communication
Laxmi Bank

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताइन्। ‘तपाईहरु एकमत भएर टुंग्याइदिनुस । मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै नसक्ने । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन’, मन्त्री अर्यालले भनिन्।

नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको मन्त्री अर्यालले बताइन्। नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गरिन्। मन्त्री अर्यालले भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x