मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ - पार्टी एक नरहन पनि सक्छ !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई बोलाएर पार्टी एक नरहन पनि सक्ने ब्रिफिङ गरेका छन् ।

शनिवार साँझ ७ बजे उनले सबै मन्त्री र राज्यमन्त्रीसमेतलाई बालुवाटारमा बोलाएर पार्टी गम्भीर संकटमा परेको र एक नरहन पनि सक्ने भनी ब्रिफिङ गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । 


Advertisement

'तपाईं हरूलाई परिस्थितिका बारेमा थाहा छ,' प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ती मन्त्रीले लोकान्तरसँग भने, 'पार्टी एक नरहन पनि सक्छ । तपाईंहरू हरेक हालतका लागि तयार हुनुहोला ।'

उनले स्थायी कमिटीबाट दबाब आउँदैमा आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष नछोड्ने पनि स्पष्ट पारेका छन् ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्