एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर शनिबार बाँडफाँड भएको छ।

सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो।     


Advertisement

उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन्। कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

सो लघुवित्तले प्रतिशेयर एक सय अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८ सय कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २ सय कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो । सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थियो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्