×

NMB BANK
NIC ASIA

मेलमिलापका लागि दबाब शीर्ष नेतालाई दोस्रो र तेस्रो तहका नेताहरूको दबाब

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाका दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई एकता जोगाउन दबाब दिन थालेका छन्। स्थायी समितिको बैठकमै दुई अध्यक्षको दुई मुख भएपछि बल्झिएको विवाद अन्ततः पार्टी एकतामै खतरा पर्न सक्ने बिन्दुसम्म पुगेपछि उनीहरू यस्तो अभियानमा जुट्न थालेका हुन्।

Sagarmatha Cement
Muktinath Bank

यो अभियानमा अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता नेपाल तीन ओटै पक्षका नेताहरूको प्रतिनिधिमूलक सहभागिता छ। स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालको निवास पुल्चोकमा शुक्रबार बसेको बैठकले नेताहरूलाई विगतका सहमतिलाई आधार मान्दै नयाँ शिराबाट एकता कायम गरेर जान नेतृत्वलाई दबाब बढाउने निष्कर्ष निकालेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो निष्कर्षपछि यो समूहका नेताहरूले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसम्मका नेतालाई भेट गरी आफूहरूको छलफलको निष्कर्ष सुनाएका छन्। यस्तो छलफलमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए। उनीहरूले पार्टीका दुवै अध्यक्षलाई पार्टी एकताको अघिल्लो दिन २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनभन्दा माथि उठेर सहमति खोज्न, एकता संघर्ष र रूपान्तरणको बाटोमा अगाडि बढ्न आग्रह गरिरहेका छन्।


Advertisment
Nabil box
Kumari

तेस्रो पुस्ताबाट पनि नेताहरू माथि दबाब बढेको छ। महिला बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङको निवासमा केन्द्रीय सदस्य रहेका सात ओटै प्रदेशका दुई-दुई सदस्य भेला भई नेतृत्वलाई पार्टी एकता जोगाइराख्न दबाब बढाउने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले बताए।

Vianet communication
Laxmi Bank

‘कुनै पनि समूहको पक्षधरता नदेखाई पार्टी एकतालाई जोगाउनकै लागि हामीले सामूहिक अभियान बनाऔं भन्ने गरी अभियान चलाउन सुरु गरेका हौं,’ पहाडीले अन्नपूर्णस“ग भने, ‘यो हाम्रो पहिलो चरणको अभियान हो। हामी स्थायी समितिको बैठक अगाडि दुवै अध्यक्ष र वरिष्ठ नेतालाई भेटेर एकताका लागि आग्रह गर्न लागेका छौं।’

छलफलमा गुरुडका अतिरिक्त पहाडी, खिमलाल भट्टराई, सुरेश राई, यज्ञ सुनुवार, टेकबहादुर बस्नेत, झपट रावल, लीलानाथ श्रेष्ठ, श्याम श्रेष्ठलगायत नेताहरूको सहभागिता थियो।

नेकपाका युवा केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा जारी राखेको धर्ना कार्यक्रम दोस्रो दिन पनि भयो। नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाक्री, दिलुकमारी पन्तलगायतले पार्टीलाई विभाजनवाट रोक्नुपर्ने, विधि प्रक्रियावाट पार्टी चलाउनुपर्ने भन्दै धर्ना जारी राखेका छन्। जिल्लाजिल्लाका कार्यालयमा पनि धर्ना कार्यक्रम सुरु भएको छ। एकताका लागि पहल कदमी लिन र जनता र नेता कार्यकर्ताको भावनामा चोट पुग्ने गरी अप्रिय बाटो नरोज्न जिल्ला जिल्लाबाट नेतृत्वलाई दबाबसमेत बढेको छ। तर नेतृत्वले यस विषयमा खास केही टिप्पणी गरिसकेको छैन। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x