ट्रम्प प्रशासनसँग आणविक वार्ता नगर्ने उत्तर कोरियाको स्पष्टोक्ति

उत्तर कोरियाका परराष्ट्र राज्यमन्त्री चोई सोन हुईले अमेरिकाको ट्रम्प प्रशासनसँग आणविक निःशस्त्रीकरण सम्झौताका विषयमा कुनै पनि वार्ता नगर्ने र आफूहरूको आणविक नीति परिवर्तन नहुने बताएका छन् । 

परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको एक वक्तव्यमा हुईले अमेरिकासँग आमनेसामने भएर गरिने वार्ताको औचित्य उत्तर कोरियाले नदेखेको लेखे । अमेरिकी सरकारले सम्झौतालाई राजनीतिक हतियारका रूपमा लिएकोमा ​उनले आपत्ति जनाए । 


Advertisement

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा भेटघाट गरेर आणविक निःशस्त्रीकरण सम्झौतालाई अघि बढाउने र दुई मुलुकबीच शान्तिपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
 

हुईले आणविक हतियारका विषयमा उत्तर कोरियाले आफ्नो नीति परित्याग नगर्ने बताए । ‘कसैको आन्तरिक राजनीतिका आधारमा हाम्रो नीतिमा कुनै परिवर्तन आउने छैन,’ उनले लेखे । 


Advertisement

अमेरिकाले लगातार शत्रुतापूर्ण व्यवहार गरेकाले सम्झौतालाई रोक्ने निर्णय लिएको हुईले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्