बेलायतले चीनको हुआवे कम्पनीको ५जी नेटवर्क नअपनाउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चिनियाँ प्रविधि कम्पनी हुआवेको ५जी नेटवर्कलाई हटाउने काम यसै वर्षबाट शुरू गर्ने अपेक्षा गरिएको द डेली टेलिग्राफ पत्रिकाले शनिवार लेखेको छ । 

अधिकारीहरूले अबको ६ महिनाभित्र ५जी नेटवर्कमा हुआवे टेक्नोलोजिजको उपकरण जडान नगराउनका लागि प्रस्ताव बनाइरहेका छन् । अनि अहिले राखिसकेको प्रविधि हटाउने काममा तीव्रता दिने पनि पत्रिकामा लेखिएको छ । 


Advertisement

बेलायतको जासूसी संस्था जीसीएकक्यूले चिनियाँ प्रविधिका विषयले जन्माउने सुरक्षाका विषयमा आशंका गरेपछि यो कदम चाल्न लागिएको हो । 
 

जीसीएचक्यूको नेसनल साइबर सेक्युरिटी सेन्टरले निकालेको निष्कर्ष अनुसार, अमेरिकाले हुआवेमाथि लगाएको नयाँ प्रतिबन्धका कारण कम्पनी अविश्वसनीय प्रविधि उपयोग गर्न बाध्य हुन् र त्यस्तो अवस्थामा आउने जोखिम नियन्त्रण गर्न असम्भव हुने देखिन्छ ।
 


Advertisement

प्रतिबन्धले  कम्पनीमा कठोर असर पारेको र त्यसैले गर्दा जीसीएचक्यूको गणनामा असर परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यो प्रतिवेदन प्रधानमन्त्री जोनसनलाई यसै साताभित्र बुझाइने अपेक्षा छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्