कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अघिल्लो साता विश्वको सबभन्दा शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हेर्दाहेर्दै रुस र चीनले आगामी विश्वव्यवस्थाको खाका कोरिदिए ।
उनीहरूले यो काम मिलेर गरेका हैनन् तर ट्रम्पले जन्माएको अनिश्चितता र अस्थिरताबाट दुवैले फाइदा उठाएका हुन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले चालेको कदमबाट उनीहरू आफ्नो देशको नियन्त्रण थप कसिलो बनाउन सफल भएको र अझै आक्रामक भएर काम गर्न समर्थ बनेको देखिएको छ । यसको परिणामलाई उल्ट्याउन सक्ने हैसियत अमेरिकासँग अब छैन ।
ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनै लाग्दा पुटिन र सीले आआफ्नो लक्ष्यप्राप्तिमा थप मजबूती पाएको कुनै दैवसंयोग हैन ।
अघिल्लो साता संविधान संशोधनका लागि लागि गरिएको जनमतसंग्रहबाट पुटिन जिन्दगीभरिका लागि राष्ट्रपति बन्ने पक्का गरिदिएको छ । अनि सीले नयाँ राष्ट्रिय सुरक्षा कानून ल्याएर हङकङलाई नियन्त्रणमा लिएका छन् र अमेरिकाका साझेदारहरू क्यानडा, अस्ट्रेलिया र बेलायतलाई चीनको आन्तरिक मामिलामा दखल नदिन भनेका छन् ।
उनीहरू दुवैलाई अमेरिकासँग यसको प्रतिकार गर्ने इच्छाशक्ति छैन भन्ने थाहा छ । अफगानिस्तानमा अमेरिकी सुरक्षाबललाई मार्न रुसले तालिबानलाई पैसा दिएको खुलासा हुँदा ह्वाइट हाउसले गतिलो प्रतिक्रिया दिन नसकेबाटै अमेरिका निरीह भइसकेछ भन्ने स्पष्ट भयो । रुस र तालिबान दुवैले यसको खण्डन चाहिँ गरेका छन् ।
द वाशिङटन पोस्ट पत्रिकामा डेभिड इग्नेसियसले लेखेअनुसार, पुटिन अहिले बदला लिने मूडमा छन् । अमेरिकाले आफ्नो देशलाई ध्वस्त बनाएको विश्वास गर्दै उनी अमेरिकालाई त्यसको पीडा भोगाउनुपर्ने मान्यता राख्छन् । अब अमेरिकालाई पीडा दिनका लागि उनी अझै धेरै वर्ष सत्तामा बस्नेछन् ।
ट्रम्पले निरंकुशतावादी मजबूत शासकको प्रशंसा गरिरहने, इतिहासको केही पनि ज्ञान नराख्ने र तयारी नगर्ने गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षा खतरामा परेको पत्रकार कार्ल बर्नस्टीन लेख्छन् र पुटिनले ट्रम्पलाई मुसा खेलाएझैं खेलाउने बताउँछन् ।
पुटिनले लिने प्रतिशोध वा सीले बेलायतसँग गरेको हङकङ सम्झौताको उल्लंघन दुवैले अमेरिका कमजोर भएको बेलामा छोपेको अवसर हो ।
द काउन्सिल अन फरेन रिलेसन्सका लागि विश्लेषण गर्दै रोबर्ट ब्ल्याकविलले लेखे, ‘एसियामा चीनले गरिरहेको अस्थिरताको सशक्त सामना गर्नका लागि अमेरिकाले शक्ति प्रदर्शन, सक्षम साझेदारी र कलात्मक कूटनीति अपनाउनु बहालवाला र आगामी राष्ट्रपतिको चुनौती हो ।’
अमेरिकाले एसियामा आफ्नो उपस्थिति थप बलियो बनाउन खोज्ने आकलन सीले पनि गरेका छन् । विश्वको महाशक्ति बन्नबाट चीनलाई रोक्नका लागि ट्रम्पले काम गर्छन् कि उनीभन्दा स्मार्ट मानिस आएर त्यही काम गर्नेछन् भनी सीले मूल्यांकन गरिरहेका छन् ।
हङकङलाई हातमा लिएर पश्चिमीहरूलाई सीले खेल्न नदिनु भनेको ठूलो गेमचेन्जर हो भन्ने धेरैको विश्लेषण छ ।
ट्रम्पको विफलताका कारण पुटिन र सी थप बलियो भएको र विश्वलाई नै आफ्नो पक्षमा पार्न सफल भएको विषयमा भविष्यका इतिहासकारहरूले बहस गर्ने पक्का छ ।
सीएनएनबाट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...