×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डबीचको वार्ता सकारात्मक, भोलि फेरि छलफल हुन्छ : जनार्दन शर्मा

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार बस्ने स्थायी कमिटी बैठकअघि पुनः छलफल गर्नेगरी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार कुराकानी भएको छ ।

Muktinath Bank

आइतवारको वार्ता सकारात्मक रहेको वार्तामा सहभागि नेता जनार्दन शर्माले लोकान्तरलाई जानकारी दिए । ‘आजको वार्ता सकारात्मक छ, थप छलफल गरेर निकास खोज्ने सहमति भएको छ,’ शर्माले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेपछि आइतवार भएको ओली र प्रचण्डबीचको भेटघाटलाई चासोका साथ हेरिएको थियो । भेटघाटमा सहमति गर्ने सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

ओलीसँगको भेटवार्तापछि प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मध्याह्न भएको डेढघण्टा लामो वार्तामा दुवै पक्ष आफ्नो अडानमा कायमै रहेका थिए तर निकासका कुनै न कुनै निष्कर्षमा पुग्ने भन्दै थप छलफल गर्ने सहमति गरेका हुन् ।

Vianet communication
Laxmi Bank

दुई-दुई जना सहयोगीसहित भएको ओली प्रचण्ड भेटवार्तामा दुवै पक्षले आफ्नो पूर्ववत् अडान कायम राखेका छन् । आवश्यक परे कार्यदल नै बनाएर सहमतिको बिन्दू पहिल्याउन दुवै पक्ष तयार भएका छन् ।

स्रोतका अनुसार आइतवारको बैठकमा राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको भन्ने ओलीको शनिवारको अभिव्यक्तिबारे प्रचण्डले प्रश्न गरेका थिए ।

‘हामीहरुबीच छलफल नै नभएको विषयमा तपाईले किन त्यस्तो अभिव्यक्ति दिनुभयो ? राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्ने काम राम्रो भएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

ओलीसँगको भेटअघि प्रचण्ड लगायतका नेताहरुले राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए ।

आजको वार्तामा महासचिव विष्णु पौडेल, शंकर पोखरेल तथा वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

गत शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको प्रस्तवलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x