कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
७० वर्षभन्दा बढी समय पराआन्ध्रीय साझेदारी (ट्रान्सएटलान्टिक अलायन्स) युरोपको स्थिरताका लागि जिम्मेवार थियो र अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी व्यवस्थाको मूल्यमान्यतालाई यसले बल दिएको थियो । सन् २०२० मा आइपुग्दा आन्ध्र महासागरको दुवैतर्फ यस साझेदारीका विषयामा प्रश्न उठ्न थालेको पाइन्छ ।
अघिल्लो साता युरोपेली संघले अमेरिकालाई सुरक्षित मुलुकको सूचीमा राख्न अस्वीकार गरेको थियो । अर्थात् अमेरिकी यात्रीहरू युरोपेली संघका सदस्य मुलुकमा निकै लामो समयसम्म पनि आउन पाउने छैनन् किनकि अमेरिकामा कोरोनाभाइरस संक्रमणको दर अत्यन्तै उच्च छ । सुरक्षित देशको सूचीमा चीन चाहिँ परेको छ ।
युरोपेली संघका अधिकारीहरू यो राजनीतिक निर्णय नभएको र महामारीगत प्रमाणमा आधारित रहेको बताउँछन् । यसो भन्दा डोनल्ड ट्रम्प नरिसाउलान् भन्ने उनीहरूको सोच हो ।
यो एउटा घटनाले पराआन्ध्रीय सम्बन्धमा फाटो ल्याएको भन्दा गफ दिएको जस्तो देखिएला तर अहिलेको भूराजनीतिक परिदृश्यमा यसलाई राखेर हेर्नुपर्छ । वाशिङटनले युरोपेली मामिलामा आजकल कम ध्यान दिन थालेको छ । अनि युरोपेली मुलुकहरू अमेरिकाबाट थप बढी कूटनीतिक स्वायत्तता खोजिरहेका छन् ।
युरोपेली संघले आफूलाई अमेरिकाबाट टाढा राख्नका लागि चीनसँग निकट सम्बन्ध बनाएर उसलाई रणनीतिक तथा आर्थिक साझेदार बनाउनु उपयुक्त हुने ठानेको छ । अमेरिकासँगको सम्बन्धलाई सन्तुलित बनाउनका लागि उसप्रतिको निर्भरता घटाएर चीनसँग सम्बन्ध बढाउन खोजिरहेको हो ।
विगत केही वर्षयता ट्रम्पले सबै अन्तर्राष्ट्रिय साझेदारीहरू भत्काइरहँदा युरोपेली संघ तिनमा दृढ रह्यो । पेरिस जलवायु सम्झौता, इरान आणविक सम्झौता, ५जी लगायतमा अमेरिकालाई छोडेर युरोपेली संघ चीनतर्फ ढल्किएको देखिन्छ । युरोप र अमेरिकाबीच गहिरो सम्बन्ध भए पनि युरोप अहिले चीनसँग मित्रवत सम्बन्ध राखिरहेको छ ।
एक युरोपेली अधिकारीले नाम नखुलाउने शर्तमा भनेअनुसार, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको शासनकै युरोप भूराजनीतिक प्राथमिकताबाट हटेको हो ।
‘ओबामाले युरोपबाट प्राथमिकता हटाएर र चीन तथा एसियातिर सारेका हुन्,’ उनले भने ।
विगत चार वर्षमा अमेरिका र युरोपबीचको साझेदारी धरापमा रहेको अनि ट्रम्प पुनः राष्ट्रपति बने भने यो झनै चर्किएर जाने धेरै विश्लेषकको मत छ । ‘ट्रम्पले युरोपेली संघ, विशेषगरी जर्मनी, लाई आर्थिक तथा व्यापारिक शत्रु मान्ने गरेका छन् । उनले दोस्रो कार्यकाल चलाउन पाए भने तनाव झन् चर्किनेछ,’ अस्ट्रियन इन्स्टिच्युट फर युरोपीयन यान्ड सेक्युरिटी पोलिसीकी भेलिना चाकारोभा बताउँछिन् ।
यसो भन्दैमा अमेरिका र युरोप पूरै कित्ताकाट गर्छन् भन्ने हैन तर यी दुई मिलेर पश्चिमी विश्वव्यवस्था कायम गरेको विगत चाहिँ अब भत्किने देखिएको छ ।
सीएनएनबाट
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...