नेकपा कार्यकर्ताको उद्घोष : पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको चरम विवादले पार्टी विभाजनतर्फ उन्मुख भएको बेलामा रूपन्देहीका कार्यकताले शीर्ष नेतालाई विधि र पद्धतिमा चल्न आग्रह गरेका छन् ।

नेताहरूले आइतवार भैरहवामा दबाब स्वरुप धर्ना समेत दिएका छन् । कसैको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै उनीहरूले दबाब दिएका हुन् ।


Advertisement

नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघका नेताहरूले भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा धर्ना दिँदै एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरू सच्चिनुपर्ने माग गरेका छन् ।

‘व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्दैन’ लेखिएका प्लेकार्डसहित कार्यकर्ताले शीर्ष नेताले विधिको पालना नगरेकोप्रति आक्रोश व्यक्त गरे ।


Advertisement

धर्नामा सहभागी युवा–विद्यार्थी तथा पार्टीका नेता–कार्यकर्ताले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाउन नेताहरूलाई खबरदारी समेत गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य लक्ष्मी केसीले बताइन् ।

पार्टीभित्रको आन्तरिक बहसको विषयलाई लिएर सत्ता पक्ष नै सडकमा जानु लोकतन्त्रको उपहास भएको स्थानीयस्तरका नेकपा नेता तथा कार्यकर्ताको भनाइ छ । पार्टी विवादलाई सडकमा छताछुल्ल पार्दा त्यसले प्रतिक्रियावादीको सेवा गर्ने भन्दै कार्यकर्ताहरूले नेतृत्वलाई खबरदारी गरेका छन् ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्