हङकङमा विरोधकर्ताहरूले लेखेको पुस्तक लाइब्रेरीबाट धमाधम हटाइँदै

हङकङमा लोकतन्त्रका अभियन्ताहरूले लेखेका पुस्तक शहरका पुस्तकालयबाट धमाधम हराउन थालेको अन्लाइन रेकर्डहरूमा देखिन थालेको छ । बेइजिङले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेको केही दिनपछि यस्तो देखिएको हो । 

शहरका अग्रणी युवा अभियन्ता जोशुआ वोङ र प्रसिद्ध लोकतान्त्रिक सांसद तान्या चानका किताब गायब भएका हुन् । 
 


Advertisement

मंगलवारबाट नयाँ सुरक्षा कानून लागू गरिएको हो र सन् १९९७ मा बेलायतबाट चीनलाई फर्काइएयता यो सबभन्दा ठूलो परिवर्तन हो । 

यस कानूनले हङकङको स्थिरतालाई पुनः कायम गर्ने र कसैको स्वतन्त्रता हरण नगर्ने चिनियाँ नेताहरूले बताएका छन् । 


Advertisement

कानून लागू भएपछि खुला कुरा राख्ने मानिसहरू डराउन थालेका छन् । प्रहरीले स्वतन्त्रता वा थप स्वायत्तताको उल्लेख भएका पर्चा बोक्नेलाई पक्राउ गरिरहेको छ । व्यापारिक प्रतिष्ठानहरूले विरोध देखिने सबै कुरा हटाइरहेका छन् । 

सुरक्षा कानूनकै कारण किताबहरू हटाइएको वोङले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्