नेपाल सहित ५३ मुुलुकले गरे हङकङमाथि चीनको कदममा समर्थन, पश्चिम हिस्स

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले हङकङमा चीनले चालेको कदमलाई मान्यता दिएको छ । 

५३ देशहरूले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेको विषयमा चीनको समर्थन गरे भने २७ देशले त्यसको आलोचना गरे । चीनको परराष्ट्र मन्त्रालय र सरकारी सञ्चारमाध्यमले यसलाई जीतका रूपमा चित्रित गरेका छन् । 


Advertisement

नेपाल सहितका ५३ देशले उदीयमान महाशक्ति चीनको समर्थन गरेको स्पष्ट पारेका छन् । दोस्रो शीतयुद्ध चलिरहेको अवस्थामा नेपालले एक चीन नीतिलाई कायम राख्दै हङकङका विषयमा उसले चालेको कदमको समर्थन गरेको हो । 

चीनका आलोचकहरू युरोपमा बढी छन् र अस्ट्रेलिया, क्यानडा तथा जापान लगायतका लोकतान्त्रिक मुलुक पनि हुन् ।


Advertisement

चीनलाई यसमा समर्थन गर्ने अधिकांश देशहरूले उसको पेटी सडक पहलमा हस्ताक्षर गरेका छन् । 

चीनले विभिन्न देशमा गरेको विशाल लगानीको प्रतिफल पाइरहेको पश्चिमी विश्लेषकहरूको भनाइ छ । 

मानवअधिकार परिषदमा अमेरिकाका पूर्वप्रतिनिधि कीथ हार्भरले भने, ‘हामी लगभग सबै अन्तर्राष्ट्रिय संगठनबाट बाहिरिएकाले हाम्रो ठाउँ चीनले लिइरहेको छ । उनीहरू अमेरिकालाई प्रतिस्थापन गर्न चाहन्छन् ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्