प्रचण्डको निजी सचिवालयले भन्यो- प्रोपोगान्डामा सत्यता छैन, हल्लाको भ्रममा नपर्नू

फाइल फोटो।

सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको किचलो उत्सर्गमा पुगेका बेला सामाजिक सञ्जालमा एउटा सहमतिको ५ बुँदे मस्यौदा सार्वजनिक भएको छ। 

तर, सहमतिको ड्राफ्ट भनिएको यो पत्र प्रोपोगान्डाका निम्ति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।  


Advertisement

निजी सचिवालयको तर्फबाट प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘भर्खरै सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डामा कुनै सत्यता नभएको र पार्टी एकताविरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौ।’

उनले अध्यक्ष प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिरहेको समेत बताएकी छन्। 


Advertisement

सामाजिक सञ्जालमा राखिएकाे ड्राफ्टमा माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र’बनाउने समेत उल्लेख छ। यस्तै मन्त्रिमण्डल पुर्नगठन, असमान नियुक्ति बदर गर्ने, पुन:नियुक्ति गर्ने र विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँट हुने भनिएको थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्