×

NMB BANK
NIC ASIA

फेसबूकसँग सम्बन्ध तोड्दै बहुराष्ट्रिय कम्पनी

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यति बेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबूकलाई विज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् ।

Muktinath Bank

स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाऊ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीन सयभन्दा बढी ब्रान्ड र कम्पनीले फेसबूकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरूले संयुक्त रूपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् । जति माग गर्दा पनि आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक अभिव्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबूकलाई दबाब दिन यो अभियान सुरु भएको हो । फेसबूकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । यी कम्पनीले विज्ञापन नदिँदा फेसबूकको आम्दानीमा गम्भीर धक्का पुग्न सक्छ । स्टारबक्सले मात्र सन् २०१९ भरमा फेसबूकमा करिब १० करोड अमेरिकी डलर बराबरको विज्ञापन दिएको थियो ।


Advertisment
Nabil box
Kumari


अभियानमा संलग्नहरूले घृणात्मक अभिव्यक्ति रोक्न फेसबूकले गर्नुपर्ने १० वटा माग पनि राखेका छन् । अमेरिकामा प्रहरी ज्यादतीमा ४६ वर्षीय जर्ज फ्लोयड मारिएपछि रंगभेदविरुद्धको आन्दोलन चर्किरहेका बेला फेसबूकविरुद्धको यो अभियान सुरु भएको हो ।

Vianet communication
Laxmi Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने घृणात्मक अभिव्यक्तिसहित अमेरिकामा आप्रवासी र काला जातिलाई घृणा गर्ने व्यक्तिहरूले फेसबूकमार्फत घृणात्मक अभिव्यक्ति फैलाउँदा पनि रोक्न नसकेको भन्दै यो अभियान थालिएको हो । संसारका धेरै ब्रान्डले फेसबूकलाई विज्ञापन नदिँदा फेसबूकमाथि दबाब पर्ने र उसले घृणात्मक अभिव्यक्ति रोक्न ठोस कदम चाल्ने विश्वास छ । फेसबूकले भने आफूले घृणात्मक अभिव्यक्ति रोक्न सक्दो पहलकदमी गरिरहेको दाबी गर्छ ।

फेसबूकले सन् २०२० को पहिलो तीन महिनामा मात्रै घृणा फैलाउने खालका १ करोड पोस्ट हटाएको दाबी गरेको छ । तर अभियानले भने गलत जानकारी र घृणात्मक अभिव्यक्ति फैलिन नदिन फेसबूक उत्तरदायी बन्नुपर्ने बताएको छ । यसका लागि फेसबूकले यो विषयमा दक्ष व्यक्तिलाई कार्यकारी पदमा नियुक्त गर्नुपर्ने, तेस्रो पक्षबाट यसका पोस्ट सम्परीक्षण गराउनुपर्ने, घृणा फैलाउने सार्वजनिक र निजी ग्रुप निष्क्रिय पार्नुपर्नेलगायत १० बुँदे माग राखेको छ ।

फेसबूकमार्फत फैलिएको घृणात्मक अभिव्यक्तिका कारण सन् २०१७ मा म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिङ्ग्या अल्पसंख्यकमाथि नरसंहार भएको र सन् २०१९ मा एक बन्दुकधारीले फेसबूकमा लाइभ स्ट्रिम गर्दै न्युजिल्यान्डको एक चर्चमा अन्धाधुन्दा गोली चलाएका थिए ।

फेसबूकको प्रयोगमार्फत यस्ता घटना हुँदा पनि रोक्न नसकेको भन्दै यो अभियान सुरु भएको हो । अभियानले जुन १७ मा संसारभरका कम्पनी र ब्रान्डलाई यही कारण देखाउँदै फेसबूकसँग सम्बन्ध तोड्न आग्रह गरेको थियो ।

फेसबूकले घृणात्मक अभिव्यक्ति रोक्न नसकेको आरोप लागिरहँदा ट्वीटरले गरेको प्रयासको भने धेरैले प्रशंसा गरिरहेका छन् । ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पदेखि धेरै राजनीतिज्ञले दिने घृणात्मक अभिव्यक्तिलाई हटाउनेदेखि चेतावनी दिनेसम्मका काम गरिरहेको छ ।

फेसबूकले घृणात्मक अभिव्यक्ति रोक्नुपर्ने आवाज कम्पनीभित्रकै कर्मचारीले पनि उठाएका छन् । अमेरिकी राष्ट्रपतिले गर्ने कतिपय पोस्ट नहटाएको भन्दै कम्पनीभित्रै विरोध भएका समाचार प्रकाशित भएका थिए ।

सूचना प्रविधिसम्बन्धी वेबसाइट दी भर्जअनुसार फेसबूकका मालिक मार्क जुकरबर्गले एउटा भाषणमा घृणात्मक अभिव्यक्ति भनेर पोस्ट हटाउँदा पनि निष्पक्ष हुन नसकिने अभिव्यक्ति दिएका थिए । घृणात्मक अभिव्यक्ति र गलत जानकारी भन्दै पोस्ट हटाउन थाल्ने हो भने यसले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने उनको धारणा छ ।

अमेरिकामा रंगभेदविरुद्ध आन्दोलनमा प्रहरी दमन चलिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले जब लुट सुरु हुन्छ तब बन्दुक पड्किन्छ भन्ने खालको आशयसहितको पोस्ट गरेका थिए । यो पोस्टले हिंसा भड्काउने भन्दै यसलाई फेसबूकबाट हटाउनुपर्ने माग उठेको भए पनि फेसबूकले भने हटाउन मानेको थिएन । ट्वीटरले भने ट्रम्पका कतिपय ट्वीटलाई गलत जानकारी, घृणात्मक अभिव्यक्ति भनी लेबल लगाउने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x