चीनको इन्नर मंगोलियामा देखियो ब्युबोनिक प्लेग

चीनको इन्नर मंगोलिया प्रान्तमा रहेको एक शहरमा ब्युबोनिक प्लेग नामक खतरनाक रोग देखिएपछि अधिकारीहरूले पूर्वसतर्कता बढाएका छन् । 

सरकारी सञ्चारमाध्यममा आएका खबरअनुसार, बायान्नुर नामक स्थानमा एक रोगीमा प्लेग देखिएपछि क्वारेन्टीनमा राखिएको छ र उनको अवस्था स्थिर छ । 


Advertisement

अधिकारीहरूले लेभल ३ चेतावनी जारी गरेका छन् । 

ब्युबोनिक प्लेग ब्याक्टेरियाको संक्रमणबाट हुन्छ र यो प्राणघातक बन्न सक्छ । यसलाई सजिलै पाइने एन्टीबायोटिकबाट निको पार्न सकिन्छ । 


Advertisement

शनिवार बायान्नुरस्थित एक अस्पतालमा प्लेगको केसको बारेमा खबर आएको थियो । 

ती रोगी कसरी संक्रमित भए भन्ने स्पष्ट हुन सकेको छैन ।

लेभल ३ सतर्कता अपनाइँदा प्लेगका सम्भावित वाहक पशुहरूको शिकार गर्न र खान प्रतिबन्ध लगाइन्छ । अनि जनतालाई प्लेगको आशंका गरिएका केसको खबर दिन लगाइन्छ । 

पश्चिममा चौधौं र १७औं शताब्दीमा प्लेग महामारी फैलिँदा लाखौं मानिसको ज्यान गएको थियो ।

बीबीसीबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्