इरानको आणविक भट्टीमा आगलागीले पुर्‍यायो उल्लेख्य क्षति

इरानको एक आणविक भट्टीमा बिहीवार लागेको आगोका कारण उल्लेख्य क्षति पुगेको इरानी आणविक ऊर्जा निकायका एक प्रवक्ताले बताएका छन् । 
 

नातान्ज आणविक भट्टीमा आगो कसरी लाग्यो भन्ने विषयमा सुनिश्चित गर्न बाँकी रहेको उनले बताए तर थप विवरण दिएनन् । 


Advertisement

प्रवक्ताका अनुसार, आगोले क्षतिग्रस्त बनाएको यन्त्रलाई अध्याधुनिक उपकरणले विस्थापित गर्नेछ । 
 

असेम्ब्ली वर्कशपमा रहेको सेन्ट्रीफ्युजमा आगो लागेको थियो । केही इरानी अधिकारीहरूले साइबर आक्रमण गरिएको हुनसक्ने बताएका छन् । 
 


Advertisement

सेन्ट्रीफ्युजहरू युरेनियम संवर्द्धन गर्नका लागि आवश्यक हुन्छन् । तिनलाई रियाक्टर फ्युल बनाउन अनि आणविक हतियार बनाउन पनि उपयोग गरिन्छन् । 

इरानको आणविक ऊर्जा संगठनका प्रवक्ता बेहरोज कमलवन्दीले सुरक्षा कारणले गर्दा आगलागीको कारणका विषयमा सुरक्षा अधिकारीहरू बोल्न नमानेको बताए । 
 

आगलगागीले उल्लेख्य क्षति पुर्‍याएको भए पनि कुनै हताहती नभएको उनको भनाइ छ । 

इरानमा अघिल्ला साताहरूमा पनि आगलागी र विस्फोटका घटना भएका थिए । 

बीबीसीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्