पर्सियन गल्फ कोस्टमा क्षेप्यास्त्र शहर बनाएको इरानको दाबी, शत्रुहरूलाई सावधान रहन चेतावनी

तेहरानले आफ्नो दक्षिणी तटमा स्थलमा तथा जलमा अनेकौं क्षेप्यास्त्र शहरहरू बनाएको रिभोल्युसनरी गार्ड्सका जलसेना प्रमुखले बताएका छन् । यी शहरहरू देशका शत्रुहरूका लागि दुःस्वप्न भएको उनको दाबी छ । 

शहरमा भूमिगत बंकरका साथै अफशोर फ्लोटिङ प्ल्याटफर्म रहेको रियर एडमिरल अली रेजा ताङसिरीले बताए । 


Advertisement

‘इरानले भूमिगत अनशोर (तटीय) तथा अफशोर (सामुद्रिक) क्षेप्यास्त्र शहरहरू पर्सियन गल्फ र गल्फ अफ ओमानमा बनाएको छ र त्यसले इरानका शत्रुहरूलाई दुःस्वप्न दिलाउनेछ,’ ताङसिरीले बताए । 

यी जलक्षेत्रमा रिभोल्युसनरी गार्ड जताततै भएको अनि जलसेनाले २३ हजार अधिकारी र जवान अनि ४२८ वटा फ्लोटिला परिचालन गरेको छ, एडमिरलले भने । ताङसिरीले लामो दूरीका क्षेप्यास्त्रहरू पनि बनिसकेको अनि देशका शत्रुहरूले सोच्न पनि नसक्ने नयाँ सैन्य जहाजहरू बनाइसकेको बताए । 


Advertisement

इरानको शीर्षस्थ गार्ड्स कोर्प्सले गोप्य संरचनाहरू बनाउने गरेको छ र आफूसँग क्षेप्यास्त्रको भण्डार अनि प्रक्षेपण स्थलहरू भएको संकेत दिइरहने गरेको छ । तर इरानी जलसेनाको भूमिगत कारखानाहरूको दृश्य प्रमाण अहिलेसम्म भेटिएको छैन । 

विगत एक वर्षयता पर्सियन गल्फमा विदेशी सेनाको गतिविधिमा वृद्धि भइरहेको देखिएको छ । तेल बोेकेका ट्यांकरहरूमा रहस्यमयी आक्रमण लगायतका अनेकौं घटनाहरू भएका छन् । 
 

आरटीबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्