×

NMB BANK
NIC ASIA

व्यवसायी इलोन मस्कले गरे नोम चोम्स्की र कम्युनिजमको कठोर आलोचना

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अलिक सन्काहा पारका अमेरिकी व्यवसायी इलोन मस्कले वामपन्थी बुद्धिजीवी नोम चोम्स्कीको कठोर आलोचना गरेका छन् । चोम्स्कीले यसअघि मस्कका न्युरोटेक्नोलोजी प्रोजेक्टहरूको आलोचना गर्ने गरेका थिए । 

Muktinath Bank

ट्विटरमा स्पेसएक्स र टेस्ला कम्पनीका मालिक मस्कले सबै केटाकेटीले सुन्नुपर्ने सात कुरा शीर्षकमा एक सूची सार्वजनिक गरे । तीमध्ये एक कुरा हो– जतिपटक प्रयोग गरे पनि कम्युनिजम विफल भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को ट्वीटमा मस्कले लेखे, ‘साइड नोट : चोम्स्कीले दिमाग खान्छन् ।’
 


Advertisment
Nabil box
Kumari

मस्कलाई समर्थन गर्दै बिहेवियोरल साइकोलोजिस्ट गाद सादले भने, ‘चोम्स्कीले विगत पाँच दशकभन्दा बढी समय राजनीतिका विषयमा बौलाहा कुरा गरिरहेका छन् ।’ 
 

Vianet communication
Laxmi Bank

मस्कले जवाफ फर्काए, ‘मूर्खहरूका लागि उनी मस्तिष्क भाइरस हुन् ।’
 

मस्कको ट्वीटमा मिश्रित प्रतिक्रिया आयो । केही प्रयोगकर्ताले उनलाई चोम्स्कीप्रतिको नकारात्मक धारणाको व्याख्या गर्न भने । ‘तार्किक आलोचना गर्नुको साटो नाम काढ्ने काम फेरि गरिएको छ,’ एकजनाले लेखे । 
 

चोम्स्की वामपन्थी विचारधाराका अग्रणी विद्वान् हुन् । उनले मस्कको आक्रमणको जवाफ फर्काइसकेका छैनन् । 

मस्कको न्युरालिंक कम्पनीको भविष्यका विषयमा चोम्स्कीले खुला रूपमा आशंका व्यक्त गरिसकेका छन् । 
 

आरटीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x