टर्कीले गर्‍यो एन्टीशिप क्रुज क्षेप्यास्त्रको अन्तिम परीक्षण, २०० किलोमिटर परसम्म मार हान्न सक्ने (भिडियो)

टर्कीले देशमै बनेको एन्टीशिप क्रुज क्षेप्यास्त्रको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । टर्कीको सेनाले त्यसलाई केही समयपछि नै ग्रहण गर्ने अपेक्षा गरिएको छ । 
 

एटीएमएसीए क्षेप्यास्त्र परीक्षणको भिडियो फूटेज टर्कीको रक्षा मन्त्रालयका प्रमुख इस्माइल देमिरले ट्विटरमा सार्वजनिक गरेका हुन् । 


Advertisement

सानो भिडियोमा क्षेप्यास्त्र परीक्षणस्थलबाट प्रक्षेपण गरिएको र नक्कली लक्ष्यमा लागेको देखिन्छ । 

‘एटीएमएसीए यसपालि लामो दूरीसम्म उड्यो । यसले २०० किलोमिटर परको लक्ष्य सफलतापूर्वक हिर्काएको छ र हतियार भण्डारमा राख्न तयार भएको छ,’ देमिरले भने । 


Advertisement

यो क्षेप्यास्त्र लगभग ११ वर्षदेखि बनाइँदै आएको हो । यसलाई विभिन्न जहाजमा फिट गर्न मिल्छ र यसलाई आधुनिक, लामो दूरीको तथा लक्ष्यभेदी हतियार मानिएको छ । 

टर्कीको सेनाले यसै वर्षको अन्त्यसम्ममा यसको उपयोग गर्न पाउने अपेक्षा छ । यसले पुरानो भइसकेको अमेरिकी हारपून क्षेप्यास्त्रलाई प्रतिस्थापन गर्नेछ ।
 

आरटीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्