ओली–प्रचण्ड भेटवार्ता सकियो, बालुवाटारमा डेढ घण्टा बसेर बाहिरिए प्रचण्ड

पार्टीभित्र देखिएको विवाद समाधानको विषयलाई लिएर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डेढ घण्टा वार्ता भएको छ । 

अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेदेखि शुरू भएका  वार्ता झण्डै डेढ घण्टा चलेको थियो । 


Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच सोमवार पनि कुराकानी भएको जानकारी दिए ।

सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली प्रचण्डले छलफल गरेका हुन् ।


Advertisement

यसअघि आइतवार पनि उनीहरूबीच लामो छलफल भएको थियो । 

अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ । शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए । 

ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गरी २०७६ मंसिरमा भएको निर्णयअनुसार त्यसलाई थप परिभाषित गरेर जाने प्रस्ताव राखेका थिए । 

दुवैले राखेका प्रस्तावमा एकअर्को पक्ष सहमत भइसकेको छैन ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्