भारत र चीनबीचको तनाव घटाउन रुसले खेल्यो यस्तो भूमिका

भारत र चीनबीच सीमाविवादको स्थिति रहँदा त्यसलाई थप बिग्रन नदिन रुसले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । 

रुसले खुलेर अघि नआएपनि उसकै कोशिशका कारण चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय जवानलाई रिहा गरेको थियो । त्यसो नगरेको भए परिस्थिति थप बिग्रन सक्ने सम्भावना रहन्थ्यो । 


Advertisement

जुन १५ को राति गलवान उपत्यकामा दुई देशका सैनिकबीच भिडन्त हुँदा भारतका २० सैनिक मारिए भने चीनले हताहतीको संख्या सार्वजनिक गरेको छैन । त्यस घटनामा चीनले १० भारतीय सैनिकलाई नियन्त्रणमा लिएको थियो । रुसले भनेपछि चीनले जवानहरूलाई मुक्त गरेको थियो । 

रुसले जुन २३ मा राखेको एक बैठकमा रुस, चीन र भारतका परराष्ट्रमन्त्रीहरूले भाग लिनुपर्ने थियो । तर जुन १५ को घटनापछि भारतले यस्तो परिस्थितिमा कुराकानी हुन नसक्ने बतायो । त्यसपछि रुसले चीनसँग कुरा गर्‍यो । 


Advertisement

तनाव घटाउनका लागि चीनले जवानहरूलाई छोड्नुपर्ने भारतले शर्त राखेपछि रुसले चीनलाई त्यसै गर्न फकायो । 

रुसले तीन देशको कुराकानीपछि भारत र चीनबीचको विवाद सुल्झाउन तेस्रो पक्षको आवश्यकता नरहेको बतायो । रुसले दुई देशको बीचमा नपरेर शान्ति कूटनीतिको बाटो अपनायो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्