×

NMB BANK
NIC ASIA

लकडाउन खुकुलो हुँदा कर संकलन उत्साहप्रद, तर लक्ष्य चुम्न कठिन !

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले लकडाउन खुकुलो गरेसँगै राजस्व संकलनमा वृद्धि भएको छ । असार २१ गतेसम्ममा सरकारले ७ खर्ब ६७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि चैत ११ गतेदेखि मुलुकभर लकडाउन जारी भएको थियो । जसका कारण राजस्व असुली ठप्प भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ महिनाको अन्तिम समयमा संसदमा सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलन रोकिँदा सरकारलाई समस्या हुन लागेको बताएका थिए । त्यसपछि सरकारले गत असार १ गतेदेखि लकडाउन खुकुलो गर्ने नीति लागू गर्‍यो । सार्वजनिक यातायात र शिक्षा क्षेत्र बन्द नै रहेपनि उद्योगधन्दा चल्न थाले ।


Advertisment
Nabil box
Kumari

उद्योगधन्दा चल्दै गर्दा व्यवसायी तथा उद्यमीले पनि कर तिरेर सरकारलाई सहयोग गरेको अर्थ मन्त्रालय स्रोत बताउँछ । यसअवधिमा सरकारले लक्ष्यको ६३.२९ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गर्ने दैनिक विवरण अनुसार असार २१ गतेसम्म कर राजस्व ६ खर्ब ३८ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ । 

Vianet communication
Laxmi Bank

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यद्यपि कोरोना भाइरसको महामारी र त्यसपछिको लकडाउनका कारण सो लक्ष्यभन्दा कम राजस्व संकलन हुने आकलन गर्न थालिएको छ ।

ठूला करदातामध्ये ९० प्रतिशतले तिरे कर

लकडाउन खुलेसँगै करीब ९० प्रतिशत ठूला करदाताले कर तिरेका छन् । लकडाउन खुकुलो भएसँगै राजस्व संकलनमा वृद्धि भएको ठूला करदाता कार्यालयले जनाएको छ । असारमा राजस्व संकलन गर्न सहज भएको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले लोकान्तरलाई बताए । ‘लकडाउन खुकुलो भएसँगै उत्साहप्रद रूपमा सरकारलाई करदाताहरूले सहयोग गरेका छन्,’ उनले भने, ‘केही करदाताहरूले अझै राजस्व तिर्न बाँकी छ ।’

करीब ९० प्रतिशत ठूला करदाताले राजस्व भुक्तानी गरिसकेको कार्यालयले जनाएको छ । ठूला करदाता कार्यालयका अनुसार यस वर्ष कोरोना भाइरसको महामारी र त्यसपछि जारी लकडाउनका कारण राजस्व संकलनको लक्ष्य भने चुम्न कठिन देखिएको छ । 

चालू आर्थिक वर्षको अन्तिमसम्ममा २ खर्ब ३३ खर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य ठूला करदाता कार्यालयको छ । यद्यपि चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ राजस्व असुली भएको छ । जेठसम्म १ खर्ब ८९ अर्ब रुपैयाँ संकलन लक्ष्य लिएको कार्यालयले हालसम्म लक्ष्यको ७३.४६ प्रतिशत मात्रै राजस्व असुली गरेको हो । 

असार १५ गतेसम्ममा कार्यालयले १७ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ४० प्रतिशत हो । सरकारले असार मसान्तसम्ममा ४४ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

लक्ष्यमा कोरोना महामारीले धक्का

आन्तरिक राजस्व विभागका प्रमुख विनोद कुँवर अहिले उत्साहप्रद रूपमा राजस्व संकलन भइरहेको भएपनि लक्ष्य अनुसारको राजस्व संकलन हुने भन्न कठिन रहेको बताउँछन् । लोकान्तरसँग उनले असार महिनामा ८१ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा हालसम्म ३२ अर्ब मात्रै राजस्व संकलन भएको बताए । लक्ष्य अनुसारको राजस्व संकलन हुनेमा भने विश्वस्त हुन सकिने अवस्था नरहेको उनले बताए ।

लोकान्तरसँग उनले भने, ‘लकडाउन खुकुलो भएपछि राजस्व संकलन सकारात्मक रुपले अगाडि बढिरहेको छ । करदाता स्वस्फूर्त रूपमा राजस्व तिर्न आउनुभएकाले नै यो सम्भव भएको हो ।’

मन्त्रालय भन्छ – करदाताले साथ दिए, यही खुशीको कुरा हो 

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुली ठप्प भएकाले सरकारको प्रशासनिक र दैनिक खर्च समेत धान्न मुस्किल भएपछि ठूला करदातालाई पनि राजस्व संकलनमा सहयोग गर्न आह्वान गरेका थिए । यसैबमोजिम सरकारले असार ७ गतेसम्ममा कर तिर्न ताकेता गरेको थियो तर पछि सर्वोच्च अदालतले लकडाउन सकिएको १ महिनाभित्रमा कर तिरे हुने गरी सरकारलाई आदेश दिएको थियो । सर्वोच्चले त्यस्तो आदेश दिए पनि अहिले करदाताहरूले स्वस्फूर्त रूपमा कर तिरिरहेका छन् ।

करदाता तथा उद्यमी व्यवसायीले सरकारलाई सहयोग गरेर स्वस्फूर्त रूपमा कर तिरेको भन्दै अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्री सरकार यसमा सकारात्मक रहेको बताउँछन् । उनले लोकान्तरसँग भने, ‘लकडाउनका कारण कर तिर्न समस्या छ तर तिर्नैपर्ने बाध्यता पनि । व्यवसायी तथा करदाताले सकारात्मक तवरबाट साथ दिनुभयो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x