कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
देशकै सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यकालाई पहिलेदेखि नै कोरोनाभाइरस (कोभिड– १९) को उच्च जोखिम क्षेत्र मानिएको थियो ।
बन्दाबन्दी (लकडाउन)को समयमा धेरै संक्रमण नदेखिएपछि काठमाडौं सुरक्षित छ भन्ने धेरैको विश्वास थियो तर पछिल्लो समय उपत्यकामा कोभिड– १९ संक्रमण बढेपछि फेरि चिन्ता बढेको छ ।
काठमाडौं उपत्यका पहिलेदेखि नै उच्च जोखिममा रहेको र अहिले जोखिम अझ बढेको जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित बताउँछन् ।
‘जनघनत्व धेरै भएको उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ,’ दीक्षितले भने, ‘मानिसहरू भीडभाडमा जाने तथा सवारीसाधनहरू खुल्नाले अझ जोखिम देखिएको छ ।’
जनस्वास्थ्य विज्ञ दीक्षितको भनाइमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतम पनि सहमत छन् ।
‘उपत्यकालाई मन्त्रालयले पहिलेदेखि नै उच्च जोखिममा छ भन्दै आएको छ, किनकी यहाँ जनसंख्या धेरै छ,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने ।
पछिल्लो समय मानिसहरूले कोरनो संक्रमणलाई बेवास्ता गरेको देखिएको र यसले थप जोखिम बढाउने उनको चिन्ता छ ।
सामाजिक दूरी कायम, मास्क तथा स्यानिटाइजर प्रयोग जस्ता सावधानीलाई निरन्तरता दिन डा. गौतमले सुझाव दिए ।
परीक्षण नहुँदा अनुमान लगाउनै कठीन !
पछिल्लो समय उपत्यकामा भेटिएका कतिपय कोभिड– १९ संक्रमितको ट्राभल हिस्ट्री नभेटिँदा संक्रमणको स्रोत खुल्न सकेको छैन ।
यसरी संक्रमणको वास्तविक स्रोत नभेटिने अवस्थालाई कम्युनिटी ट्रान्समिसनको चरण मान्ने गरिन्छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने काठमाडौंमा कोभिड– १९ समुदायमै फैलिसकेको मान्न तयार छैन ।
‘अझै कम्युनिटी ट्रान्समिसन भन्न मिल्दैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘विदेशबाट आएका र उनीहरूसँग पहिलो सम्पर्क रहेका मानिसहरूमा मात्र कोरोना संक्रमण फैलिएको देखिएको छ ।’
डा. गौतमको भनाइमा स्वास्थ्य मन्त्रालयमै भेटिएका अर्का एक डा. ले असहमति जनाए । काठमाडौंमा कोरोना समुदायमै गइसकेको उनको जिकिर थियो ।
‘पछिल्लो समय कोरोना संक्रमणलाई हेर्ने हो भने ट्राभल हिस्ट्री नभएका मानिसहरूमा पनि संक्रमण देखिएको छ, यसको अर्थ अब उपत्यकामा कम्युनिटी ट्रान्समिसन शुरू भएको भन्न सकिन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।
क्वारेन्टीन, होल्डिङ सेन्टर र आइसोलेसनमा रहेकाहरूमा मात्र परीक्षण सीमित रहेकाले कोभिड– १९ समुदायमा फैलिएको छैन भन्ने सरकारी दाबीमा विश्वास गर्न नसकिने विज्ञहरू बताउँछन् ।
यस्तो अवस्थामा बढीभन्दा बढी परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
सरकारले परीक्षणको दायरा बढाउँदै क्यान्सर तथा मधुमेहका बिरामी, अस्पतालहरूमा इमरजेन्सीमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीहरूको परीक्षण गर्ने भनेको छ ।
यसका साथै दैनिक धेरै मानिसहरूसँग भेटघाट हुने जस्तै ः किराना पसले, तरकारी व्यापारी, मेडिकल, सुपरमार्केट तथा मार्टका कर्मचारीहरूको पनि परीक्षण गर्ने हो भने समुदायमा कोरोना पुगे नपुगेको अनुमान लगाउन सकिने उनीहरूको सुझाव छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने क्वारेन्टीनमा रहेकाहरूको परीक्षण सकेपछि मात्र समुदायमा परीक्षण गर्ने बताउँछन् ।
‘अहिले हामीले क्वारेन्टीनमा भएकालाई पहिलो प्राथामिकता दिएका छौं । उहाँहरूको परीक्षण सकिएपछि मात्र समुदायमा परीक्षण गर्ने तयारी गरेका छौं,’ गौतमले लोकान्तरसँग भने ।
उपत्यकामा दिनानुदिन बढ्दै संक्रमित
उपत्यकामा आइतवारसम्म १ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ३६ जना, भक्तपुरमा २९ र ललितपुरमा १९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको भने २६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । आइतवार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाट नेपाल आउने, होल्डिङ सेन्टरमा रहेका, अस्पतालमा रहेका, स्वास्थ्यकर्मी र विदेशबाट आएका विदेशबाट आएका व्यक्तिका आफन्त रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
उपत्यकाको ढलमा कोरोना !
उपत्यकाको ढलमा कोरोना भेटिएको छ । उपत्यकाको ४ ठाउँको नमुना संकलन गरि परिक्षण गर्दा २ ठाउँमा कोरोना भेटिएको हो ।
सेन्टर फर मोलिक्युलर डाइग्नोस्टिक सेन्टर (सीएमडीएन) नेपालले काठमाडौं उपत्यकाको ढलमा पनि कोरोना भाइरसको अवशेष भेटिएको दाबी गरेको छ ।
उपत्यकाका ४ स्थानबाट लिइएको ढलको नमूना परीक्षण गर्दा २ स्थानको ढलमा भाइरस भेटिएको उसको दाबी छ ।
यसले उपत्यकामा कोरोना भाइरसको संक्रमण हामीले सोचेभन्दा माथि पुगिसकेको देखाउने जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित बताउँछन् ।
‘ढलमा कोरोना देखिनुले समुदायमा कोरोना भाइरस छ भन्ने देखाउँछ, यो प्रारम्भिक चरण हो । आगामी दिनमा अझ धेरै परीक्षण गरेपछि समुदायमा कस्तो खालको संक्रमण छ भन्ने कुरा देखाउँछ,’ दीक्षितले भने ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...