दक्षिण चीन सागरमा अमेरिकाले पठायो बमवर्षक विमान

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले दक्षिण चीन सागरमा दुईवटा युद्धपोत र बी–५२एच बमवर्षक विमान पठाएको छ । 
 

विमानवाहक युद्धपोत पठाएर अमेरिकाले महाव्याधिका समयमा पनि विशाल सैन्य बल देशबाट धेरै पर तैनाथ गर्न सक्ने क्षमता आफूसँग भएको प्रमाणित गरेको छ । 


Advertisement

चीनले अमेरिकाको यो अभ्यास उक्त क्षेत्रलाई सैन्यीकृत गर्नका लागि गरिएको शक्तिप्रदर्शन भनेको छ । 

दुई युद्धपोत यूएसएस निमिट्ज र यूएसएस रोनल्ड रेगन दक्षिण चीन सागरको नाम नखुलेको स्थानमा खटिएका छन् । यी दुवैले मिलेर हवाई प्रतिरक्षा क्षमता अभिवृद्धिका लागि अभ्यास गरेको बताइएको छ । 


Advertisement

यी दुई युद्धपोतसँगै बी–५२एच स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान अमेरिकाको लुइजियानाबाट कतै नरोकिइकन उक्त अभ्यासमा भाग लिन पुगेको थियो । त्यसपछि त्यो गुआम टापुमा रहेको एन्डरसन एयर फोर्स बेस पुगेको थियो ।

यो मिसन पूरा हुँदा २८ घन्टा लागेको थियो । 

दुई युद्धपोतमा जेट विमानका साथै आधिकारिक रूपमा अघोषित आणविक शक्तिसम्पन्न अट्याक सबमरिन पनि छ । युद्धपोतसँगै कम्तीमा दुईवटा अट्याक सबमरिनहरू रहेको विश्वास गरिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्