अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन विचार गर्दैछ : माइक पोम्पेओ

अमेरिकाले टिकटक सहितका चिनियाँ सामाजिक सञ्जाल यापहरूमा प्रतिबन्ध लगाउने सोच बनाइरहेको अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले सोमवार बताएका छन् । 

फक्स न्युजकी लाउरा इनग्राहमसँगको अन्तर्वार्तामा पोम्पेओले यस विषयलाई आफूहरूले निकै गम्भीरतापूर्वक हेरिरहेको बताए ।


Advertisement

उनले भने, ‘हाम्रा जनताको सेल फोनमा चिनियाँ यापहरूको कुरा गर्दा अमेरिकाले त्यसमा सही निर्णय गर्नेछ । राष्ट्रपति ट्रम्पले भन्दा अगाडि म केही बोल्न चाहदिनँ तर हामी यसमा सोचविचार गरिरहेका छौं ।’

आफ्नो निजी सूचना चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझाउने हो भने मात्र याप डाउनलोड गरे हुन्छ, पोम्पेओले भने । 
 


Advertisement

टिकटकले यस विषयमा प्रतिक्रिया जनाइसकेको छैन । 

अमेरिका र चीनबीचको तनाव उचाइमा पुगेको बेलामा राष्ट्रिय सुरक्षा, व्यापार र प्रविधिका विषयमा संघर्ष जारी छ । 

टिकटक बेइजिङमा रहेको बाईटडान्स नामक कम्पनीको याप हो । अमेरिकी राजनीतिकर्मीहरूले यस यापको सम्बन्ध चीनसँग भएको आरोप लगाउँदै आएका छन् । 
 

टिकटकले चाहिँ बाईटडान्सभन्दा फरक रही काम गर्ने गरेको बताउँदै आएको छ । 
 

सीएनएनबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्