चिनियाँ राजदूत यान्छीले गरिन् नेता खनालसँग भेट, नेकपाको आन्तरिक विवादमा चासो

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालबीच मंगलवार भेटवार्ता भएको छ ।

खनालनिवास डल्लुमा मंगलवार बिहान भएको भेटवार्ता करीब ४५ मिनेटसम्म चलेको थियो । भेटघाटमा राजदूत यान्छीले सत्तारूढ दल नेकपाभित्र देखिएको विवादको बारेमा चासो देखाएको स्रोतको दाबी छ ।


Advertisement

नेकपाभित्र यतिबेला शक्तिसंघर्ष पेचिलो बनेको छ । जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

यही सन्दर्भमा चिनियाँ राजदूतले नेकपाका वरिष्ठ नेतालाई भेट्नु राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।


Advertisement

राजदूत यान्छीले आइतवार साँझ नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्