ओलीसँग वार्ताका लागि प्रचण्ड बालुवाटारमा, लगातार तेस्रो दिन पनि छलफल

पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार तेस्रो दिन पनि छलफल हुँदैछ ।

ओलीसँग वार्ताका लागि प्रचण्ड मंगलवार बिहान ११ बजे बालुवाटार पुगेका छन् । 


Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले छलफलका लागि प्रचण्ड बालुवाटार आएको जानकारी दिए । अध्यक्षद्वयबीच हिजो सोमवार र अस्ति आइतवार पनि छलफल भएको थियो । 

सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली–प्रचण्डले छलफललाई निरन्तरता दिएका हुन् ।


Advertisement

अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ । 

आइतवारको बैठकमा सहयोगी राखेर वार्तामा बसेका नेताहरू हिजोदेखि भने एक्लाएक्लै छलफलमा छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्