कांग्रेस सभापति देउवा र जसपा नेताहरूबीच भेटवार्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच मंगलवार भेटवार्ता भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा मंगलवार बिहान जसपाका नेताहरू पुगेका थिए ।


Advertisement

जसपाका महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरू सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

भेटघाटमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।


Advertisement

सत्तारूढ नेकपाभित्र चर्किरहेको विवादका कारण आन्तरिक समीकरण फेरबदल हुने चर्चा चलिरहेको बेलामा प्रतिपक्षी दलका नेताहरूबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्