×

NMB BANK
NIC ASIA

पशुपति परिसरस्थित कैलाशडाँडामा वृक्षरोपण

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ । 

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गरेका हुन् । समी, कपुर, रुद्राक्ष, असारेलगायत प्रजातिका ती बिरुवा कैलाशडाँडाको खुला स्थानमा रोपिएको हो । कोषले पर्खाल निर्माण गरी यसै वर्ष कैलाशडाँडालाई संरक्षण गरेको थियो । सो क्षेत्रलाई आकर्षक उद्यानका रुपमा विकास गर्ने सोच कोषले अघि सारेको छ ।
 
कोषले गत वर्षदेखि पशुपति क्षेत्रमा धार्मिक प्रजातिका पाँच हजार बिरुवा रोप्ने घोषणा गरी अभियान जारी राखेको छ । यसैगरी पशुपति क्षेत्रको दक्षिणतिर चक्रपथबाट छिर्ने गरी निर्माण गरिएको मुख्यद्वारको पनि मन्त्री भट्टराईले उद्घाटन गरे । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रु तीन करोडको लागतमा दक्षिणतिरको मुख्यद्वार निर्माण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्दै  उनले कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतिकुल परिस्थिति भए पनि सबै क्षेत्रलाई सधैँ बन्द गर्न नसकिने बताए । दूरी कायम गरेर सार्वजनिक यातायात लगायत व्यवसायसमेत सञ्चालनको तयारी भइरहेको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

मन्दिर आउने भक्तजनलाई न्यूनतम् सेवा दिने गरी अझै धेरै गर्न आवश्यक रहेकामा उनले जोड दिए । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमाझ पशुपति महत्व स्थापित गर्न कोष लाग्नुपर्नेमा पनि उनले कोषका पदाधिकारीको ध्यानाकर्षण गराए ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजधानीको केन्द्रबिन्दुमा रहेको पशुपतिमा सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न व्यावसायिक प्रतिष्ठानको रुचि बढेजस्तै देशका अन्य धार्मिक स्थलमा पनि विकेन्द्रित हुनुपर्नेमा जोड दिए ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न लागिएको बताए । विश्वभर फैलिएका धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी धार्मिक आध्यात्मिक सुन्दरस्थलका रुपमा पशुपतिको पहिचान स्थापित गर्ने अभियानमा कोष लागेको उनले सुनाए ।

नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकरले कोषसँग साझेदारीमा अन्य कामसमेत गरिने प्रतिबद्धता जनाए । सो अवसरमा उनले पशुपति क्षेत्रको सफाइका लागि रु २५ लाख मूल्य पर्ने ब्रुमरसमेत हस्तान्तरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x