फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट सुझावसहित सर्व सहमतिले पारित भएको छ ।
काठमाडौं महानगरपालिका नगर सभा सातौँ अधिवेशनले महानगरको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम, बिनियोजन विधेयक, २०७७ र आर्थिक विधेयक, २०७७ सर्वसम्मतिले पारित गरेको हो ।
नगर सभाले लेखा समिति, सुशासन समिति र न्यायिक समितिको प्रतिवेदनमाथि पनि छलफल गरी कार्यान्वयनका लागि आवश्यक निर्णयका लागि कार्यपालिका बैठकमा पठाउने निर्णय समेत गरेको छ ।
असार ४ गते बसेको नगर सभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन विधेयक सभा समक्ष पेस गरेका थिए ।
त्यसैगरी असार १८ गते बसेको तेस्रो बैठकले आर्थिक विधेयक, २०७७ सर्वसम्मतिले पारित गरेको थियो । नगर सभा सातौँ अधिवेशनको चौथो तथा अन्तिम बैठकले आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन विधेयक, २०७७ सुझावसहित सर्वसम्मतिले पारित गरेको हो ।
बजेट पारित गर्नु अघि २० जना नगर सभा सदस्यले आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले वडास्तरीय योजनासहित काठमाडौंंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना समावेश गनुपर्ने, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषय उठाएका थिए ।
वडास्तरीय योजनाको एकीकृत प्रारुपबारे वडालाई जानकारी हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि समावेश गर्नुपर्ने कुरालाई नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए ।
प्रमुख शाक्यले अन्तिम बैठकमा सम्वोधन गर्दै सकेसम्म बजेटको सिलिङ तलमाथि नपर्ने गरी नगर सभा सदस्यहरुको भावनालाई समेट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
काठमाडौं महानगरपालिकाले बजेटमा हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने कुरा समावेश गरेको छ ।
त्यसैगरी महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताहरूबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्धन र पूर्वाधार विकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।
महानगरपालिकाले हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने कुरा समावेश गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा व्यापार ब्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरेको छ ।
उपप्रमुख श्रेष्ठले नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...