बुटवलमा कोरोना प्रभावित किसानलाई आर्थिक प्रोत्साहन

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

बुटवलमा कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई आर्थिक प्रोत्साहन गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले किसानलाई आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको हो ।


Advertisement

शहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । उपमहानगरपालिकाले घोषणा गरेको कार्यक्रम अनुसार ५८ जना किसान र २ वटा समूह सहकारी गरी कूल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

किसानलाई प्रोत्साहन रकमको चेक हस्तान्तरणपछि बोल्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरूलाई कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार सहयोग गरिएको बताए । 


Advertisement

कोभिड–१९ विशेष कषि कार्यक्रम (विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकलाई कृषि विकास प्रोत्साहन कार्यक्रम) तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थालाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उनले बताए ।

बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनोट भएका किसानहरूलाई कार्यप्रगति अनुसार १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ र समूह सहकारीलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको छ । 

बुटवल उपमहानगरपालिकाले ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको छ । सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमिटेडलाई नगद क्रमशः १ लाख ४० हजार र १ लाख रुपैयाँ प्रदान गरिएको छ ।

बुटवलका यिनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिँदै आएको छ । फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो । जुन सहकारीहरूले धान खेती बोरा सहितको छपाई मशिन र सीड ड्रिल मशिन खरिदको लागि अनुदान प्रदान गरिएको छ । 

सहकारीलाई कोभिड–१९ विशेष कषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व वृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीले बताए ।

नगरपालिका स्येयर, जैविक मल, मल्चिङ्ख, थोपा सिँचाइ, प्लास्टिक नर्सरी घर स्थापन, मल्चिङ्ख, ग्रिननेट, स्पेयर, टनेल, बीउविजन, जैविक र रासायनिक मल, कालो रोल प्लास्टिक, ट्रली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मशिन, फ्रेम, पोल, जैविक मल, मल्चिङ्ख, थोपा सिँचाई, तार, मल्चिङ्ख, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयर, तार, मल्चिङ्ख, स्थायी थाक्रा, स्पेयरको लागि आवश्यक पर्ने सामान लगायतका कार्यको  लागि बुटवलले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्