बागमतीमा दुई वटा विधेयक दर्ता

वाग्मती प्रदेश सरकारले मंगलबार प्रदेशसभा सचिवालयमा दुईवटा विधेयक दर्ता गराएको छ।

सरकारले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ दर्ता गराएको सचिवालयले जनाएको छ। 


Advertisement

आगामी केही हप्ताभित्रै बस्ने प्रदेशसभाको बैठकमा ती दुवै विधेयक छलफलका लागि प्रस्ताव टेबुल गरिने प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले बताए। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्