हङकङ बाहिर जाँदै टिकटक कम्पनी, यस्तो छ कारण

टिकटक कम्पनी हङकङ बाहिर जाने भएकाे छ।

चीनले हङकङका लागि नयाँ कानुन ल्याएपछि टिकटकले यस्ताे निर्णय गरेकाे हाे।


Advertisement

 ​समाचार एजेन्सी राेयटर्सका अनुसार टिकटक कम्पनी केही दिनमै हङकङ बाहिर जानेछ।

चीनमा रहेकाे बाइटडान्स नामकाे कम्पनीले यस सर्ट-फर्म भिडियाे बेस्ड मोबाइल एप लन्च गरेकाे थियाे।​​ यसकाे मुख्य उद्देश्य चीनभन्दा बाहिर रहेकाहरुलाई आकर्षित गर्नु थियाे।


Advertisement

 ​बाइटडान्स कम्पनी चीनमा  पनि टिकटक जस्तै सर्ट-फर्म भिडियो शेयरिंग एप चलाउछ। जसकाे नाम डोइन हाे।

वल्ट डिज्नीका पूर्वकार्यकारी प्रमुख केविन मेयर टिकटक ऐपका सीईओ हुन्।

उनले टिकटक प्रयाेगकर्तासँग जाेडिएका आकडा चीनमा स्टोर नहुने र प्रयाेगकर्ताकाे कुनै पनि जानकारीमा राेक लगाउन चीनले गरेकाे अपील नमान्ने बताएका थिए।

​कम्पनीका अनुसार चीन सरकारले अहिलेसम्म टिकटकसँगै कुनै पनि यसप्रकारका जानकारी मागेकाे छैन।

तर चीनले हङकङका लागि  नयाँ सुरक्षा कानुन बनाएकाे छ। यसमा चिनियाँ अधिकारीलाई अत्यधिक अधिकार दिइएकाे छ।  र अब टिकटक प्रयाेगकर्ताकाे डेटामा चीन सरकारका अधिकारीकाे पहुँच पुग्ने चिन्ता बढेकाे छ।

फेसबुक, व्हाट्सऐप, ट्विटर र टेलिग्रामले पनि हङकङबाट आफ्ना काममा हेरफेर गर्ने बताइसकेका छन्। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्