बंगदेशमा काेराेनाकाे नक्कली परीक्षण गर्ने निजी अस्पतालमा छापा

फाइल फोटो।

 बंगलादेशमा काेराेना भाइरसकाे नक्कली परीक्षण गरेकाे आराेपमा एक निजी अस्पतालमा छापा हानिएकाे छ। 

ढाकामा रहेकाे रेजिमेन्ट अस्पतालमार प्यारामिलिट्री फाेर्सले छापा हानेर ८ जनालाई पक्राउ गरेकाे हाे।


Advertisement

 याे अस्पताल सरकारकाे कोरोना परीक्षण याेजनामा मार्च महिनामा सहभागि भएकाे थियाे। याे अस्पतालमा स्वाब संकलन गरेर सरकारी प्रयाेगशालामा परीक्षण गरिन्थ्याे।

त्यसपछि याे अस्पतालले आफै स्वाब परीक्षणका लागि अनुमति लिएकाे भन्दै रिपाेर्ट दिन थाल्याे।


Advertisement

रेजीमेन्टबाट हालसम्म हजाराैँले काेराेना परीक्षणकाे रिपाेर्ट लिइसकेका छन्। तर काेराेना परीक्षण  बिना नै। अस्पतालले चार हजारबाट त काेराेना परीक्षणकाे नाममा रकम पनि असुल गरेकाे छ। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्