कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनीसँगै महानिरीक्षक बन्ने दौडमा अर्का एआईजी हरिबहादुर पाल थिए । सरकारले २ जनामध्ये कार्यक्षमता तथा वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक बनाएको हो । प्रहरी प्रमुखमा बढुवा भएका थापाको कार्यकाल १९ वैशाख २०७९ सम्म हुनेछ । उनले बिहीवार कार्यभार सम्हाल्नेछन् ।
२७ औं महानिरीक्षकका रूपमा बढुवा भएका ठाकुर ज्ञवालीले बुधवारबाट ३० बर्से सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । ज्ञवाली अवकाश हुने भएपछि सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो ।
ज्ञवालीसँगै एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।
सरकारले यसअघि एआईजी पद रिक्त हुँदा डीआईजीबाटै सिधै प्रहरी महानिरीक्षक बनाउँदै आएको थियो । ज्ञवाली समेत डीआईजीबाटै प्रहरी प्रमुख बनेका थिए । तर यसपटक भने थापालाई ४ वर्षपछि एआईजीबाटै प्रहरी प्रमुख बन्ने अवसर जुरेको हो ।
यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआईजीको अनुभव नै प्राप्त नगरी सिधै डीआईजीबाटै प्रहरी प्रमुख बन्ने अवसर पाएका थिए । प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने उल्लेख छ ।
त्यसअघि २०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिन मात्रै एआईजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५औं महानिरीक्षकमा प्रकाश अर्याल डीआईजीबाट सिधै आईजीपी बनेका थिए । आईजीपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिना डीआईजीको जिम्मेवारी सम्हालेका थिए ।
को हुन् थापा ?
प्रहरी संगठनमा शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा शैलेश थापा क्षेत्रीलाई लिइन्छ । १९ वैशाख २०४९ बाट प्रहरी निरीक्षक हुँदै प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी २३ मंसिर २०२५ मा जन्मिएका हुन् ।
थापाले संगठनमा व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएका छन् । डीआईजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् । थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ ।
उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डिआईजी हुँदा प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बसेर अनुभव बटुलेका छन् ।
इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की र झापाको कमान्ड सम्हालेका थिए ।
एसएसपीमा बढुवा भएपछि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता बनेका थिए । उनले डीआईजी बनेपछि समेत प्रहरी प्रधान कार्यालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । थापाका बुवा पनि अवकाशप्राप्त डीआईजी हुन् ।
सधैं पहिलो
प्रहरी संगठनमा शैलेश थापा क्षेत्री र हरिबहादुर पाल एकै मितिमा भर्ती भएका हुन् । थापा पाललाई उछिँन्दै सधैं बढुवामा पहिलो हुँदै अघि बढे । जागिर सुरु गर्दा उनको पहिलो दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको थियो ।
प्रहरी संगठनमा एआईजीसम्म आइपुग्दा नै पालभन्दा थापा अगाडि छन् । १८ वैशाख २०५८ मा डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा झरे तर त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए । २० पुस २०६६ को एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए । १९ साउन २०७४ मा एसएसपीको बढुवा सूची सार्वजनिक हुँदा समेत थापा पहिलो नम्बरमा परे भने पाल चौथो नम्बरमा झरे । डीआईजी र एआईजीसम्म आइपुग्दा पाल थापा पछिको वरीयतामा परेका छन् ।
पाँच जना महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमान्डको कार्यान्वयनमा सफल मानिन्छन । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा समेत खटिएका थिए ।
सहमतिमै आईजीपी
सरकारले यसपटक विना विवाद सहमतिमै एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनाएको हो । यसअघि प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा प्रधानमन्त्री, गृहमन्त्री र सरकारमा सहभागी दलका नेताबीच नै पक्ष विपक्षमा खिचातानी चल्ने गरेकामा यसपटक विवादबिना नै प्रहरी संगठनले नेतृत्व पाएको हो ।
एआईजी थापा र पालबिच यसपटक प्रहरी महानिरीक्षकको दौडमा कुनै वैमनस्य उत्पन्न भएन । बरु उनीहरू दुवै संगठनको हितका लागि आफूहरूमध्ये जो महानिरीक्षक बने पनि मिलेरै अघि बढ्ने प्रतिबद्धतासहित अन्तिम अवस्थासम्म पनि सहकार्यमै रहिरहे । प्रहरी प्रमुखको चर्चा सुरु भएपछि उनीहरू दुवै एक कार्यक्रममा सहभागी हुन जाँदा एउटै गाडीमा गएका थिए ।
थापाले एआईजी बनेसँगै मानवस्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थिए भने पालले कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।
विगतमा यस्ता थिए विवाद
विगतका केही महानिरीक्षक नियुक्ति भने विवादमा परेका थिए । आईजीपीमा प्रतिस्पर्धाका लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल र जयबहादुर चन्दको विवाद भने सतहमा नै आएको थियो ।
त्यस बखत तत्कालीन सरकारले पहिलो वरीयतामा रहेका सिलवाललाई नबनाएर तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालतको ढोका ढकढक्याउन पुगेका थिए । अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाएपछि सरकारले दास्रो वरीयतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो ।
२६ औं महानिरीक्षक बन्नका लागि तत्कालीन डीआईजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच समेत शक्ति केन्द्र धाउने होडबाजी नै चलेको थियो । त्यस बखत डीआईजीमा खरेलभन्दा कनिष्ठ रहेका खनाललाई सरकारले आईजीपी बनाएपछि खरेलले डीआईजीबाटै राजीनामा दिएका थिए ।
त्यसअघि कुवेरसिंह राना प्रहरी प्रमुख हुँदा समेत उत्पन्न भएको थियो । त्यसबखत रानासँगै प्रतिस्पर्धामा रहेका एआईजीद्वय नवराज ढकाल र भीष्म प्रसाईंबीच प्रहरी संगठनको नेतृत्व हात पार्न कडा प्रतिस्पर्धा भएको थियो ।
ज्ञवालीको कार्यकाल न उपलब्धि न विवाद
१४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका २७ औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धि र विवादविना नै बितेको छ । विना प्रतिस्पर्धा सहज रूपमा प्रहरी संगठनको नेतृत्व हात पारेका ज्ञवालीले आफ्नो ५ महिने कार्यकालमा सरल शैलीमा नै संगठन चलाए ।
उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । प्रहरी संगठनमा इमानदार अधिकृतको छवि बनाएका ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे ।
आईजीपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाउन भ्याएनन् । ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।
उनी आईजी बनेको करीब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो । यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् । उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर सरकारी पक्षबाटै सोबारे कार्यविधि नै नबनेका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।
आईजी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण बुधवार अवकाश पाउँदै छन् । उनको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले साँझ ५ बजे कार्यक्रम तय गरिसकेको छ । राजधानी दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...