मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
लद्दाखमा चीन र भारत दुवैतर्फका सैनिकहरू वास्तविक नियन्त्रण रेखाबाट पछि हटेको भए पनि चीनले अहिलेसम्म भारतको नियन्त्रणमा रहेको महत्त्वपूर्ण भूभागमा कब्जा भने जमाएको स्वतन्त्र विश्लेषकहरूले बताएका छन् ।
भारतले वास्तविक नियन्त्रण रेखामा भौतिक संरचना बनाएको र त्यहाँ पहुँच पुर्याएको कुरामा चित्त नबुझाएकोले आक्रामक कारवाही गरिरहेको हो ।
चीनबाट प्रकाशित हुने चिनियाँ भाषाका पत्रिकामा छापिएका विश्लेषण हेर्दा चिनियाँहरूको सोचका विषयमा थाहा पाइन्छ । उनीहरूलाई भारतले वास्तविक नियन्त्रण रेखामा आफ्नो सुरक्षाका लागि चालेको कदम उत्तेजनात्मक लागेको छ र भारतले चीनलाई हिमालय क्षेत्रमा समस्या दिइरहेको छ भन्ने लागेको छ ।
पेटी सडक पहल र चीन–पाकिस्तान आर्थिक कोरिडोरमा चीनको प्रतिकार गर्ने, दक्षिण एसियाका अन्य मुलुकसँग चीनले विकसित गरिरहेको सम्बन्धमा भाँजो हाल्न खोज्ने, हिन्द प्रशान्त क्षेत्रमा अमेरिका र उसका साझेदारहरूसँग मिलेर चीनलाई घेर्न खोज्ने काम भारतले गरिरहेको बुझाइ उनीहरूमा छ । अब यसको सशक्त प्रतिकार गर्ने र भारतलाई कठोर जवाफ फर्काउने बेला आएको र द्विपक्षीय सम्बन्धमा यसको जस्तोसुकै असर परे पनि परोस् भन्ने सोच उनीहरूमा रहेको देखिन्छ ।
सबै चिनियाँ टिप्प्णीकारहरूको सोच यस्तै छ भन्न मिल्दैन तर देशमा राष्ट्रवादको भावना बढिरहेको अवस्थामा यी विचारहरूले प्राथमिकता पाइरहेका छन् । चिनियाँ जनमुक्ति सेना परम्परागत रूपमै भारतप्रति शत्रुतापूर्ण सोच राख्छ र चिनियाँ राष्ट्रपति सी चिनफिङको सोच चीन नै सबैको केन्द्र हो भन्ने छ । लद्दाखमा सेना पछि हट्ने समझदारी बनेको भए पनि यी दृष्टिकोणहरू मेटिने वा नरम हुने सम्भावना छैन ।
अब भारतका लागि चुनौतीको विषय भनेको चीनले लद्दाख बाहेक अन्य स्थानमा पनि मोर्चा खोल्ने सम्भावना हो । भारतले अक्साई चीनमा दाबी गरे जस्तै चीनले अरुणाचल प्रदेशमा ९० हजार वर्गकिलोमिटर क्षेत्रमा दाबी गरिरहेको छ ।
चीनको आँखा तवाङमा लागेको छ जहाँ छैठौं दलाई लामाको जन्म भएको थियो । यो त वास्तविक नियन्त्रण रेखा सम्बन्धी विवाद भन्दा पनि भूमिमाथिकै दाबी हो ।
चिनियाँ जनमुक्ति सेनाले सन् १९६२ को युद्धपछि मकमाहोन रेखाभन्दा दक्षिणतर्फका भूभागबाट सेना फिर्ता हटेको विषयमा सधैं पश्चात्ताप गर्ने गरेको छ । धेरै चिनियाँहरूलाई के लाग्छ भने भारतले युद्ध हारे पनि एउटा सिंगो राज्य नै पायो भने चीनले युद्ध जिते पनि भूमि चाहिँ गुमायो । चिनियाँहरू यस सेक्टरलाई भारतसँगको सीमा समस्याको सबभन्दा ठूलो विवाद मान्छन् ।
चीनका लागि पूर्व भारतीय राजदूत निरूपमा रावले गरेको विश्लेषण (द वायर)
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...